‘नोटबुक’ निर्देशकलाई किन चाहियो ‘नाई नभन्नु ल’ निर्देशकको साथ ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र क्षेत्रमा एकको सफलतामा अर्काले डाहा गर्ने चलन खुबै छ । एक निर्देशक वा कलाकारको सफलतामा अर्काले खुट्टा खुबै तान्छन् । तर चलचित्र ‘नोटबुक’का निर्देशक योगेश घिमिरे पनि अर्का सफल निर्देशक विकास आचार्यको पछिपछि लागेका छन् ।
उनले नया“ चलचित्र ‘भुलभुलैया’ निर्देशन गर्ने तयारी गरेका छन् । चैत्रको अन्तिम शुक्रबार प्रदर्शन गर्नेगरी नया“ चलचित्रको निर्माण सुरु गरिएको हो ।
चलचित्रको गीत रेकडिङदेखि छायांकन हु“दै प्रचारसम्म निर्देशक घिमिरेलाई विकासले साथ दिनेछन् । उसो त विकास आफै चलचित्र ‘नाई नभन्नु ल ३’ को निर्देशनको पनि तयारी गरिरहेका छन् ।
तर ‘भुलभुलैया’ छायांकन नसकी विकासले हिट चलचित्रको क्रमलाई अगाडि बढाउने छैनन् । चलचित्रको गीत रेकडिङमा भेटिएका निर्देशक आचार्य ‘भुलभुलैया’को निर्देशक भन्दा ज्यादा हाबी देखिएका थिए ।
योगेशले यसपटक सिनेमा राम्रो बनाएर आफ्नो ब्रान्ड स्थापित गर्ने बताए । उनले विकास आचार्यले आफ्नो सिनेमाको सबै कुरा हेरिदिएकाले पनि ‘भुलभुलैया’ राम्रो बन्नेमा विश्वास गरे । चलचित्रका लागि नायक जीवन लुइटेल र नायिका निता ढुंगाना पक्का भैसकेका छन् । चलचित्रका गीतहरुमा संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments