Hindi Films

मध्यराति पूर्वराजा ज्ञानेन्द्र र कोमल ‘समर प्यालेस’ सरे

Unknown | 00:43 | 0 comments

१२ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र छोरा पारस र गर्मीलाई छल्न आइतबार राति नागार्जुन जंगलमा अवस्थित दरबारमा सरेका छन् । दरबारका ज्योतिषहरुको सल्लाह र उनीहरुले निकालेको साइत अनुसार राति १० बजेपछि निर्मल निवासबाट पूर्वराजारानीले पाइतो सारेका हुन् । उनी बिरामी पूर्वरानी र अंगरक्षक तथा केही सहयोगीसहित नागार्जुनस्थित ‘समर प्यालेस’मा पुगेका छन् ।
हिमानी दुबैतिर सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा उनी करीव तीन महिना बस्ने पूर्वराजाका एक सहयोगीले बताए । यसबीचमा उनी आमा रत्नको जन्मदिनमा भदौ ४ गते नारायणहिटी दरवारमा फर्किनेछन् । बुहारी हिमानी भने निर्मलनिवासमै छोराछोरीका साथ रहने छिन् । यद्यपि उनी यसबीचमा नागार्जुन र निर्मल निवास दुबैतिर रहन सक्ने पनि स्रोतले जनाएको छ । स्रोतका अनुसार विदाको अवसरमा नातिनातिना र बुहारी हिमानीलाई ज्ञानेन्द्रले नागार्जुनमै बोलाउनेछन् । पारस साउन १९ वा २० मा काठमाडौं आउनेछन् । बेखर्ची भएपछि थाइल्याण्डमा पारसलाई नेपाली साथीभाइले सहयोग गरेको स्रोतले जनाएको छ । साउन १७ मा पारसको पेशी पूर्वयुवराज पारस थाइल्याण्डको अदालतमा साउन १७ गते उपस्थित हुनेछन् । उनी लागु औषध गाँजा सेवन गरेको र ओसार पसारको समेत अभियोग झेलिरहेका छन् । उनको प्रवेशाज्ञाको अवधि साउन २१ गते सकिने भएकाले त्यसअघि नै नेपाल आउन लागेको उनका निकट सहयोगी किशोरी महतोले जानकारी दिए । दुई वर्षपछि नागार्जुन पारस नेपालद आउन लागेपछि ज्ञानेन्द्र निर्मल निवास छाडेर नागार्जुनतर्फ लागेको स्रोतले जनाएको छ । पूर्वराजारानी हेमन्त ऋतुको अवसरमा बिगतमा जस्तै यसपटक पटक पनि नागार्जुन दरबारमा केही महिना रहने उनका निजी सचिव सागर तिमल्सिनाले बताए । ‘अघिल्लो वर्ष उहाँहरु जानुभएन, नत्र परम्पराजस्तै हो’ उनले भने । तत्कालीन सरकारले नारायणहिटीबाट हटाएपछि नागार्जुन पसेका ज्ञानेन्द्र दुई वर्षदेखि त्यता गएका थिएनन् । पूर्वराजाले नागार्जुन दरबारमै आफू निकटस्थहरुसँग भेटघाट गर्ने भएका छन् । उनले राजनीतिक विषयमा पनि विभिन्न दल सम्बद्ध व्यक्ति, बरिष्ठ पत्रकार र निकट सहयोगीहरुलाई पालैपालो नागार्जुन बोलाउने स्रोतले जनाएको छ । नागार्जुनमा शिशिर बास र हेमन्त बास नामका दुई बंगला रहेका छन् ।

Category:

0 comments