Home �
News
� मोदीको भ्रमणलाई नेपालको हितमा उपयोग गर्न तीन दल सहमत
Unknown |
00:08 |
0
comments
 |
१२ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई ऐतिहासिक र उपलव्धीमूल बनाउन सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलबीच सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख विपक्षी एनेकपा माओवादीका शीर्ष नेताहरुबीच मोदी भ्रमणलाई नेपालको हितमा उपयोग गर्ने सहमति भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार विहान बसेको वैठकमा १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणमा नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा छलफल भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । वैठकमा मोदीको नेपाल भ्रमणलाई सफल र सार्थक बनाउन परराष्ट्र मन्त्रालय र जलस्रोत मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको छ । नेपाल-भारत सिमा विवाद र जलबिद्युत परियोजनाका बिषयमा भारत सरकारसँग छलफल गर्नु अघि जलस्रोत मन्त्रालयसँग छलफल गरिने छ । यस्तै बैठकमा संविधान निर्माणप्रक्रियालाई गति दिने विषयमा छालफल भएको सिटौलाले वताए । माघ ८ भित्रै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका अनुसार अघि बढ्ने सहमति बैठकमा भएको सिटौलाले वताए । बैठकले संविधानका विवादीत विषयमा संविधानसभा अन्र्तरगतको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले टुंगो लगाउन नसकेका विषयलाई टुंग्याउन शीर्ष नेता सम्मिलित अनौपचारिक समिति बनाउने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । शीर्ष नेता रहने अनौपचारिक समितिले सम्बाद समितिले टुंगो लगाउन नसकेका विषयमा छलफल गरी विवादीत विषयको टुंगो लगाउने छ । यसैगरी संविधान सभा बाहिर रहेका नेकपा-माओवादी लगायतका दलहरुलाई सहमतिमा ल्याउन वार्ता र छलफललाई तिव्र बनाउने निर्णय बैठकले गरेको छ । यस्तै बैठकमा सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठनका विषयमा पनि छलफल भएको र छिट्टै आयोग गठन गर्ने सहमति तीन दलवीच भएको छ । प्रमुख तीन दलको वैठकमा २६ सभासदको मनोनयनका विषयमा सामान्य छलफल भएको नेताहरुले वताएका छन् । संसदका बिभिन्न समितिको सभापति चयन गर्ने बारेमा पनि दलहरुबीच सहमति हुन सकेको छैन । वैठक मंगलवार साँझ ५ बजे फेरि बस्नेछ ।
 |
Category:
News
0 comments