Home �
CelebrityNews And Gossips
� अभिनय भन्दा नखरा बढी गर्ने रिचा
Unknown |
14:58 |
0
comments
|
 |

काठमाडौं ।
रिचा शर्माले दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् जसमध्ये ‘फस्टलभ’ बाहेक सबै फ्लप छन् तर उनको चुरीफुरी कुनै स्टारको भन्दा कम छैन । उनको अभिनय औसत छ र नाच्न पटक्कै जान्दिनन् । तर पनि कसैले उनलाई फिल्म खेलाउन खोज्यो भने उनको नखरा सहन नसक्दा बीचैमा भाग्छ ।
रिचा सबैभन्दा पहिले त स्क्रिृप्ट नहेरी फिल्म खेल्दिन भन्ने गुड्डी हाँक्छिन् । एउटा कलाकारले स्क्रिृप्ट माग्नुसम्म त ठिकै हो तर उनले फिल्म खेल्ने भईन् भने कोस्टार देखि लिएर दुनियाँ विषयमा हस्तक्षेप गर्ने बानी रहेको निर्माताहरु बताउँछन् ।
उनको यही बानीका कारण निर्माता निर्देशक सुवर्ण थापाले फिल्म ‘फन्को’बाट उनलाई निकालेका थिए । त्यो भन्दा पहिले पनि रिचाले ‘ब्लाकमेल’ भन्ने फिल्मका निर्मातालाई तथानाम भनेर विवाद निम्त्याएकी थिइन् । तर जति गरेपनि उनको बानी सुध्रिएको छैन । त्यसैले होला उनी भन्दा पछि आएका प्रियंका र केकीले लगातार फिल्म गरिरहँदा रिचा भने फाट्टफुट्ट फिल्म खेलेर अभिनय यात्रा धानिरहेकी छिन् ।
नखरा त छँदैछ त्यसमाथि पारिश्रमिकमा पनि राम्रै डिमान्ड गर्न थालेपछि रिचाको अभिनय यात्रामा धेरैले प्रश्न गर्न थालेका छन् ।
उद्योगमा आफूलाई संयमित राखेर प्रस्तुत गर्ने कलाकारको कमि छ । निश्चय नै रिचा यस्ता काममा अगाडि छन् तर यही निहुँमा फिल्मकर्मीलाई ज्यादा नखरा देखाउनु करिअरकै लागि घाटा हुन सक्ने बताउँछन् विश्लेषकहरु ।
|
 |
Category:
CelebrityNews And Gossips
0 comments