Hindi Films

किन हाँसे बाबुराम बोगटीको श्रद्धाञ्जलीमा ?

Unknown | 08:37 | 0 comments

काठमाडौँ, ३० भदौ । औपचारिक कार्यक्रमा सधैँ गम्भीर मुद्रामा देखा पर्ने एमाओवादी बरिष्ठ नेता डा. बाबुरा भट्टराई सोमबार भने हसिँलो मुद्रामा प्रस्तुत भए । सामान्य कार्यक्रममा समेत गम्भीर र अस्वभाविक मुद्रा देखाउने नेता भट्टराई सोमबार भने आफ्नै सहकर्मी तथा पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनको शोकाकुल वातावरणमा भने हँसिलो मुद्रामा प्रस्तुत भएको घटना अहिले चौतर्फी चासोको विषय बनेको छ । किन उनी चौतर्फी शोक छाएर रुवावासी मच्चिएको बेलामा हँशीलो मुद्रामा प्रस्तुत भए ? पछिल्लो पटक उनी पार्टीमा फरक मत राख्दै आएका छन् । पार्टी अध्यक्ष प्रचण्डको विश्वास पात्र र उनका सल्लाहकार समेत रहेका बोगटीलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यलय पुगेका भट्टराईले आखिर हाँसो किन रोक्न सकेनन् त । पार्टी अध्यक्ष प्रचण्ड पछि अर्को गर्दै कमजोर बन्दै गइरहेका छन् भने बोगटीको असामयीक निधन सँगै प्रचण्डले अर्को सहारा पनि गुमाएका छन् कतै त्यसकै परावर्तित रुप त हैन बाबुरामको हाँसो ? माओवादी बृत्तमा अहिले विभिन्न जोड र कोणबाट चर्चा परिचर्चा सुरु भएको छ ।

Category: ,

0 comments