Hindi Films

मंगलयानमा भारतले रच्‍यो इतिहास:एजेन्‍सी |

Unknown | 02:08 | 0 comments

मंगलयानमा भारतले रच्‍यो इतिहास एजेन्‍सी | २०७१ आस्विन ९ बिहीवार नयाँदिल्ली : भारतले आफ्नो अन्तरिक्षयान मंगलको कक्षमा सफलतापूर्वक स्थापित गरेर इतिहास रचेको छ। भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले पठाएको मंगलयान ६५ करोड किलोमिटरको यात्रापछि बुधबार बिहान मंगल ग्रहको अन्डाकार कक्षमा प्रवेश गरेको छ।
भारत पहिलो कोसिसमै यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। अमेरिकाले पनि ६ असफल कोसिसपछि मात्र यो सफलता हासिल गरेको छ। युरोप तथा रूसले पनि मंगल अभियान गरिरहेका छन्। भारतको मंगल अभियानको निर्णायक चरण बुधबार बिहान यानको गति सुस्त बनाएपछि सुरु भएको थियो। गति सुस्त बनाउन त्यसको एउटा इन्जिनलाई चालु गरिएको २४ मिनेटपछि यानलाई मंगल ग्रहको गुरुत्त्वाकर्षणले कक्षमा तान्यो र कक्षमा स्थापित भयो। गत सोमबार वैज्ञानिकहरूले मंगलयानको 'मेन लिक्विड इन्जिन' चार सेकेन्डको लागि चलाएर सफल परीक्षण गरेका थिए। उक्त इन्जिन १० महिनासम्म निष्क्रिय अवस्थामा थियो। बुधबार सोही इन्जिन चलाइएको हो। मंगलको ५.८ लाख किलोमिटर टाढादेखि गुरुत्त्वाकर्षण क्षेत्र सुरु हुन्छ। मंगलयानबाट पृथ्वीसम्म जानकारी पुग्न करिब साढे १२ मिनेटको समय लागिरहेको छ। बिहान करिब ८ बजे इसरोले मंगलयानको सिग्नल प्राप्त गरेको थियो र मंगलयान मंगलको कक्षमा स्थापित भइसकेको जानकारी प्राप्त भयो। १० महिनाअघि मंगल ग्रहतर्फ निस्किएको मंगलयान सफल भएपछि बंगलोरको इसरो केन्द्रका कर्मचारीहरूले ताली बजाएर अंकमाल गरेर खुसी मनाए। यस ऐतिहासिक क्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यहाँ उपस्थित थिए। उनले इसरोका वैज्ञानिकहरूलाई बधाई दिँदै भने,'आज इतिहास बनेको छ। हामीले असम्भवलाई सम्भव गरेर देखाएका छौं। म सबै भारतीय र इसरोका वैज्ञानिकहरूलाई बधाई दिन चाहन्छु। कम साधन भएपछि वैज्ञानिकहरू ठूलो काम गर्न सफल भए।' मंगल अभियानको सफलताले भारतको क्षमता देखाएको उनले बताए। उनलेअ ब भारतको अन्तरिक्ष कार्यक्रमलाई विस्तार गरिने पनि बताए। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि ट्विटरमा इसरोलाई बधाई दिएको छ। भारतले यस मंगल अभियानको खर्च करिब साढे सात करोड डलर रहेको छ। अन्य मुलुकहरूले गर्ने खर्चभन्दा निकै कम हुनाले यसलाई सस्तो वैज्ञानिक अनुसन्धान पनि मानिएको छ। चर्चित हलिवुड फिल्म ग्राभिटीभन्दा पनि भारतीय मंगल अभियान कम खर्चिलो भएको बताइएको छ। यदी सबै ठीक रह्यो भन्ने मंगलयानले ६ महिनासम्म मंगल ग्रहको वातावरणको अध्ययन गर्नेछ। भविष्यमा मंगल ग्रहमा पठाइने मानव मिसनको लागि वातावरणको अध्ययन हुनु नितान्त आवश्यक छ। मंगलयानको सहयोगले ग्रहको सतह र त्यहाँ रहेको खनिज पदार्थको पनि अध्ययन गरिनेछ। यसबाहेक ग्रहमा पानी र मिथेनको उपस्थितिको सम्भावनाबारे पनि खोजी हुनेछ। पानी र मिथेन जीवन सम्भावना स्थापित गर्नको लागि जरुरी छ। ब्रह्मान्डमा अर्को ग्रहमा जीव छ कि छैन भन्ने कुराको पनि पत्ता लागिनेछ। अब यानले मंगल ग्रहको तस्बिर पठाउन सुरु गर्ने अनुमान छ। योसँगै भारत एसियाको मात्र होइन विश्वको पहिलो यस्तो देश बनेको छ जसले आफ्नो पहिलो मंगल अभियान पूरा गरेको छ। गत वर्षको नोभेम्बर ५ मा आन्ध्रप्रदेशको श्रीहरिकोटाबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीएसएलभी) सी-२५ को सहयोगबाट महत्त्वाकांक्षी मंगलयान प्रक्षेपण गरिएको थियो। यस अभियानलाई सफल बनाउनको लागि १० महिनादेखि दुई सय वैज्ञानिक रातदिन जुटेर काम गरिरहेका छन्। यता, कांग्रेस नेता दिग्विजय सिंहले प्रधानमन्त्रीलाई यस वैज्ञानिक उपलब्धिको श्रेय यूपीएलाई पनि दिनुपर्ने बताएका छन्। गत सोमबार मात्र नासाको उपग्रह मेभेन सफलतापूर्वक मंगल ग्रहको कक्षमा पुगेको छ। तर, नासाको मंगल अभियान भारतको भन्दा दल गुणा बढी खर्चिलो रहेको थियो। अन्तरिक्षमा दस महिना लामो यात्रापछि मेभेनले प्रक्षेपकको सहयोगबाट गतिरोध पार गरेको थियो। यसले ३३ मिनेटमा मंगल ग्रहको गुरुत्त्वाकर्षण क्षेत्रमा प्रवेश गर्नका लागि आवश्यक गति हासिल गरेको थियो। यसलाई मंगल ग्रहको यस्तो कक्षमा स्थापित गरिएको छ, जहाँ यसलाई ग्रहको एक परिक्रमा पूरा गर्न ३५ घन्टाको समय लाग्नेछ। रातो ग्रह तथा मंगल ग्रहबारे बुझ्ने कयौं प्रयास भइरहेका छन्। प्राचीन सभ्यतादेखि यो ग्रहबारे कयौं किवंदन्तीहरू प्रचलित छन् तर आधुनिक समयमा विज्ञानले यसबारे कयौं रहस्य पत्ता लगाउने कोसिस गरेको छ। सन् १९६५ को जुलाई १४ मा मरिनर-४ अन्तरिक्षयान मंगल ग्रहसम्म पुगेको थियो। यसले कुनै अर्को ग्रहको पहिलो तस्बिर पठाएको थियो। यसले पृथ्वीमा २१ धमिलो कालो तस्बिर पठाएको थियो। यसले मंगल ग्रहमा कुनै चुम्बकीय क्षेत्र नभएको जानकारी दिएको थियो। त्यसपछि सन् १९७१ को मे ३० मा मरिनर-९ प्रक्षेपण गरिएको थियो। यो मंगल ग्रहको कक्षमा पुग्यो र पहिलो कृत्रिम उपग्रह बन्न पुग्यो। सन् २०११ मा मंगलको सतहमा क्युरियोसिटी प्रक्षेपण गरिएको थियो। यसले मंगलको माटो दुई प्रतिशत पानीले बनेको बताएको छ। क्युरियोसिटी मंगलमा पुग्ने पहिलो यस्तो यान हो जसले आफूसँग माटो र चट्टानको नमुना जम्मा गर्नसक्ने उपकरण बोकेको छ।

Category:

0 comments