Hindi Films

हट सन्नी-करिश्मा अब एक्सन भूमिकामा

Unknown | 02:53 | 0 comments

मुम्बइ, एकता कपूर को फिल्म रागिनी एमएमएस 2 मा सेक्सी भूत बनेकी हट अभिनेत्री सन्नी लियोन छिटै तपाइँहरूका अगाडी एक्शन रूपमा देखिने भएकी छन । हुन त यस अघिनै सन्नी ले देवांग ढ़ोलकिया का साथमा ‘टीना एंड लोलो’ नामको फिल्म साइन गरेको कुरा चर्चामा आइसकेको छ, जसमा उनको एक्शन रोल रहेको छ । अब यस फिल्ममा अर्को कुराले चर्चा पाएको छ, त्यो के भने यस फिल्ममा सन्नीका साथमा हट अभिनेत्री करिश्मा तन्ना पनि जोडिएकी छन । बताइए अनुसार यस फिल्ममा सन्नी र करिश्मा दुबै एक साथ एक्सन गर्दै देखिनेछन ।
स्मरणीय छ कि ‘ग्रान्ड मस्ती’ मा टिभि अभिनेत्री करिश्मा तन्ना ले एक महत्वपूर्ण भूमिका गरेकी थिइन । जसको निकै तारीफ भैरहेको छ । यो फिल्ममा पनि सनीका साथमा उनको निकै महत्वपूर्ण रोल रहेको छ । देवांग ढोलकियाका अनुसार यो फिल्मको कथा महिला प्रधान रहेको छ । यस फिल्मले सन्नीको फिल्मी करिअरमा नयाँ इमेज बनाउनेछ । फिल्म हेरेपछि मानिसहरूले सन्नीका बारेमा राय नै बदल्ने बताइएको छ । यस अघि करिश्माको ठाउँमा मिनिषा लांबाले यो भूमिका गर्ने भएकी थिइन, तर अहिले भने उनको ठाउँ करिश्मा ले लिएकी छन । यस फिल्मको शूटिङ शुरू भैसकेको छ । हुन त फिल्मलाइ एक्शन प्रधान भनिएको छ तर यस मसाला फिल्ममा तपाइँहरूले सन्नी र करिश्माको हट अन्दाज अबश्य पनि हेर्न पाउनु हुनेछ ।

Category:

0 comments