Home �
News
� चर्चित नायिका सडकमा साग बेच्न बसेपछि…...
Unknown |
01:13 |
0
comments
|
 |
.jpg)
काठमाडौं । नेपाली फिल्ममा अभिनय गरेका केही नायिकाहरु अभिनय क्षेत्रलाई चटक्कै माया मारेर विदेशिए भने केही नायिकाहरु अहिले पनि यही क्षेत्रमा जमिरहेका छन् ।
नायिका जल शाह, करिष्मा मानन्धर, रेखा थापा, विपना थापा, गौरी मल्लदेखि अहिले आएर गरिमा पन्त, केकी अधिकारी, प्रियंका कार्की, बिनिता बराल निकै चर्चामा रहे ।
यी मध्ये अधिकांश नायिकाहरु अहिले पनि अभिनय क्षेत्रमा सक्रीय छन् । अभिनय क्षेत्रमा काम गर्दा गर्दै बिदेशिएकी नायिका जल शाह अहिले टाढा भएकी छन् भने चप्पली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बराल भने अहिले सडकमा साग बेच्न बसेको भेटिन थालेको छ ।
फिल्मी क्षेत्रमा काम गर्दा गर्दै अर्गानिक तरकारी खेतीतर्फ लागेकी उनी अहिले आएर भने नायिका कम र किसान बढी भएकी छन् ।
टोखामा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएकी नायिका बरालले सामाखुसीमा तरकारी पसल चलाइरहेकी छन् । उनी बिहान बेलुका प्राय आफैं पसलमा भेटिन्छिन् ।
नेपाली समाजमा पढेलेखेका मान्छेहरुले खेतीपाती गर्नुहुन्न भन्ने सोचाईलाई चुनौति दिदै उनले तरकारी खेती गरिरहेकी छन् । तरकारी खेती सुरु गरेपछि आफूले जीवनका नयाँ आयामहरु भेटेको उनको अनुभव छ ।
|
 |
Category:
News
0 comments