Hindi Films

बिहे गरेर साउदी गएका युवक फर्कँदा आफ्नै श्रीमतीका छोरा बने

Unknown | 02:48 | 0 comments

काठमाडौ, २१ भदौ । भारतको मुजफ्फरनगरमा एउटा सबैलाई आश्चर्यमा पार्ने घटना भएको छ। जसमा एक महिलाले ससुरामाथि बलात्कारको आरोप लगाएपछि श्रीमानलाई छोरा बनाउनु परेको छ। महिलाले ससुराले अश्लिल भिडियो क्लिप बनाएर आफूलाई लगातार बलात्कार गरेको आरोप लगाएकी छन् । महिलाले आफ्नो गर्भमा रहेको बच्चासमेत ससुराकै भएको दावी गरेकी छन् । महिलाले डीएमसँग गर्भपतनका लागि अनुमतिसमेत मागेकी छन् । महिलाले आफूलाई श्रीमानलेसमेत साथ नदिएको बताएकी छन् । डेली मेलमा प्रकाशित समाचारअनुसार अ मौलभी पनि यो विषयमा प्रतिक्रिया जनाउन लागेका छन् । उनीहरुले पीडितले अब श्रीमानलाई छोरा मान्नुपर्ने बताएका छन् । आरोपीको ससुरामाथि कुनै प्रतिक्रिया नदिई जमीयत उलेमा ए हिंदका मौलाना महुम्मद नजरले भने–सरिया कानुअनुसार जुन बच्चा महिलाको गर्भमा छ, त्यो महिलाको श्रीमानको भाई हुनेछ । उनको पतिले सम्बन्ध विच्छेद गर्नुपर्ने उनको भनाइ छ। यसअघि पनि सन् २००५ मा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । जसमा महिलाका श्रीमानलाई उसको छोरा बनाइएको थियो । त्यतिबेलाको घटना इमराना काण्डका रुपमा चर्चित छ । देशविदेशमा चर्चित भएको इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरिएको छ। त्यतिबेला सहरकी एक महिलाले आफ्नो ससुराले १३ महिना पूर्व जबरजस्ती बलात्कार गरेर त्यस्तो अश्लिल भिडियो बनाएको र पछि ब्ल्याकमेल गरेर लगातार बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती महिलाले आफ्नो सात महिनाको गर्भपात गर्न अनुमति मागेकी थिइन् । उनले ससुरामाथि कारबाहीको मागसमेत गरेकी थिइन् । अहिले पनि शहरको कोतवाली क्षेत्रको गाउँ निवासी महिलाले डीएम कौशलराज शर्मालाई निवेदन दिँदै आफ्नो विवाह ३० मार्च २०१३ मा भएको बताएकी छन् । विवाहको ६ दिनपछि नै आफ्नो श्रीमान रोजगारीका लागि साउदी अरब गएको उनले बताएकी छन् । त्यसपछि आफूलाई ससुराले गलत ढंगले हेर्न लागेको उनको दावी छ। यस विषयमा गुनासो गर्दा सासुले समेत चुप लागेर बस्ने भनेको उनको दावी छ। विवाहका बेला जिन्दगीभर साथ दिने कसम खाएका श्रीमानले समेत समस्याका बेला साथ नदिएको उनको दावी छ। आफूमाथि ससुराले गरेको दुष्कर्मका विषयमा श्रीमानलाई बताउँदा उनलेसमेत झुठो भएको भन्दै आफूसँग कुरा गर्नै बन्द गरेको उनको दावी छ। उनले जुलाई २०१३ मा आफू एक्लै भएका बेला ससुराले दुष्कर्मका साथ मोबाइलबाट अश्लिल डिभियो बनाएको आरोप लगाएकी छन् । भोलिपल्टाट त्यही भिडियो देखाउँदै आफूले भनेको अस्वीकार गरे इन्टरनेटमा राखिदिने धम्की दिँदै सम्बन्ध बनाएको उनको आरोप छ । ससुराले लगातार बलात्कार गरेपछि उनी गर्भवती भएकी थिइन् । उनी गर्भवती भएको थाहा पाएपछि उनका ससुराले डेढ महिनाअघि माइतमा छोडेर फरार भएका थिए । पाँच दिनअघि ससुराले उनलाई श्रीमानसहित आफ्नो घर र सम्पत्तिबाट अलग गर्ने सूचना पठाएका थिए । त्यसपछि माइती पक्षले उनलाई पुनः घर पठाउने प्रयास गरेको थियो । तर, महिलाले त्यसविरुद्ध परिवारजन र ससुराको कर्तुतका बारेमा तथ्य सार्वजनिक गरेकी हुन् । त्यसपछि उनले डीएममा एउटा निवेदन दिँदै नाजायज गर्भपनका लागि अनुमति मागेकी छन् । डीएम कौशलराज शर्माले भने–सात महिनाको गर्भवती महिलाले गर्भपतनको अनुमति मागेकी छन् । निवेदन सीएमओलाई पठाएर वैधानिक र स्वास्थ्यपरक कारबाहीका लागि जानकारी माएिको छ। उनको प्रतिक्रिया आएपछि अघिल्लो कारबाही हुनेछ । महिलाले आरोपमाथि कुनै प्रहरी चौकी वा कानुनी निकायमा निवेदन दिएकी छैनन् । यदि ससुराविरुद्ध एफआईआर दर्ता भए घटनाको विधिसम्मत कारबाही गरिने शर्माले बताएका छन् । एसएसपी एचएन सिंहले महिलाले आफूलाई घटनाको जानकारी दिएको बताए । उनले घटनाको छानविन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकिएको बताए । छानविनपछि थप कारबाही प्रक्रिया अघि बढाउने उनले बताएका छन् । एजेन्सी

Category:

0 comments