मेरी बाँस्सैका हाँस्य कलाकार बान्द्रे जेल चलान
![]() |
नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृङ्खला मेरी बाँस्सैका हाँस्य कलाकार (बान्द्रे) सुरज चापागाँइको हातमा हतकडी लागेको छ ।
तर हतकडी रियल लाइफमा नभएर रिल लाईफमा लागेको हो । बान्द्रेले स्वंयम आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘मेरो स्कुल’को दुश्यमा हतकडी लगाएको दृश्य देखिएको हो ।
चलचित्रमा बान्द्रेलाई एउटा नराम्रो केटाको भमिकामा देख्न सकिन्छ । स्कुलमा हुने गरेका विभिन्न सकारात्मक र नकारात्मक पक्षहरुको कथा बोकेको चलचित्रलाई बान्द्रे आफैले निर्देशन गरेका हुन् ।
वीरेन्द्र भाँटले खिचेको चलचित्रमा कथा स्वंयम आफ्नै(बान्द्रे) भएपनि पटकथा भने अबतार कंडेल र दिपक आचार्यको रहेको छ । चलचित्रमा सुरविर पण्डित, पल्पसा ढंगोल, निरु खड्का, राजु कमेडी, सरिता ओली, रेशम बुढाथोकी आदि कलाकारलाई मुख्य भुमिका देख्न सकिन्छ ।
चलचित्र ‘मेरो स्कुल’ले सार्वजनिक प्रदर्शन गर्ने मिति भने तोकेको छैन ।
![]() |
Category: News




0 comments