Hindi Films

सविन र सुशान्तको नयाँ हिरोइनसँग प्रेम

Unknown | 02:19 | 0 comments

ऋषीराज आचार्यको निर्देशनमा चलचित्र ‘सपना तिम्रो मेरो’ बन्ने भएको छ । आज काठमाण्डौको भद्रकाली मन्दिरमा आयोजना गरिएको कार्यक्रममा सिनेमाको शुभसाइत गरिएको छ । संविधानविद् भिमार्जुन आचार्यले सिनेमाको शुभसाइत गरे ।
आर.बी म्यूजिकको प्रस्तुतीमा तयार हुने सिनेमामा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगरको साथमा नव कलाकार जान्वी बोहराको अभिनय रहनेछ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको नृत्य रहनेछ । काठमाण्डौ, पोखरा, जिरी, चरिकोट लगायतका स्थानमा सिनेमाको छायांकन हुने निर्देशक आचार्यले जानकारी दिए । चलचित्रको छायांकन करिब २५ दिनमा सक्ने योजना बनाइएको छ । चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोकेको छ । माया गरेका र नगरेका दुबैलाई माया गर्न सिकाउने सिनेमा ‘सपना तिम्रो मेरो’ रहेको निर्देशक आचार्यले जानकारी दिए ।

Category:

0 comments