Hindi Films

यस्ता पाँच दैनिक व्यवहार जसले तपाईंलाई नष्ट गर्छ ! (थाहा पाउनुहोस्)

Unknown | 07:27 | 0 comments

(एजेन्सी) – हामी सबैलाई थाहा भइसकेको छ कि बाटोमा राखिएको र जंक फुड खानु, धुमपान गर्नु, नङ टोक्नु र ढिला सुत्नु स्वास्थका लागि निकै हानीकारक छ । तर, तपाईंलाई थाहा छ तपाईंको दैनिक व्यवहारले पनि तपाईंको स्वास्थलाई नराम्रो असर पारिरहेको हुन्छ ? यहाँ केहि दैनिक व्यवहार उल्लेख गरिएका छन्, जसले तपाईंको स्वास्थ्यलाई दिनप्रति दिन नकारात्मक असर पारिरहेको हुन्छ । १. सानो झुट बोल्नुः हामीमध्ये धेरैले झुट त बोलेकै हुन्छौँ, कसैले धेरै वा बारम्बार बोल्नुभएको होला त कसैले थोरै वा कहिलेकाँही बोल्नु भएको होला । तर, तपाईंले यो कुरा जान्न आवश्यक छ । अनुसन्धानका आधारमा तपाईंले बोल्नु भएको सानोभन्दा सानो झुट तपाईंको मानसिक स्वास्थ्यका लागि हानिकारक हुन्छ । अनुसन्धानकर्ताका अनुसार, तपाईंले झुट बोलेको बेलामा तपाईंलाई एक किसिमको तनाव हुन्छ, जुन हानिकारक रहने गरेको पाइएको छ । यदि तपाईं थोरै झुट बोल्नु हुन्छ भने तपाईंलाई थोरै टाउको र घाँटी दुख्छ र थोरै तनावमा रहनुहुनेछ । २.लन्च ब्रेक मिस गर्नुः तपाईं धेरै नै व्यस्त रहेपनि आफ्नो लन्च ब्रेक कहिले पनि मिस नगर्नुहोला । काम गर्ने डेस्कमा खाने गर्नाले तपाईंको तनावको मात्रालाई झन् बढ्न मद्दत गर्दछ । ध्यान अर्कैतिर केन्द्रित गरेर छिटो छिटो खानाले थाहै नपाई धेरै ंखानुहुनेछ । आलस्यपनले गर्दा खतरनाक ब्याक्टेरियाको सिकार पनि हुनसक्ने डर हुन्छ । अनुसन्धानले भन्छ, काम गर्दा बस्ने स्थानमा औसत ट्वाइलेट सिटको भन्दा ४०० गुणा बढि किटाणु रहेको हुन्छ । अब अझै पनि काम गर्ने ठाउँमा नै खाने सोच्नु भएको छ ? ३.निरन्तर रुपमा घरको काम गर्नुः हो, तपाईंले सहि पढ्नुभयो । कहिले काँही घरको काम नगरि यत्तिकै बसेकोमा पछुतो भइरहेको छ भने अब पछुतो नमान्नुहोला । कहिले काँही एक दिनको लागि घरको काम छोड्नाले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउने अनुसन्धानले बताएको छ । घरको काममा परिवारको सदस्यलाई पनि पालैपालो सहभागी गराउनुहोस् ता कि तपाईंले आफ्नो लागि रिल्याक्स हुनको लागि केहि समय पाउनुहोस् । ४. बारम्बार एटिएमको प्रयोगः अचम्म हुनुभयो ? कहिले सोच्नु भएको छ कतिजना मानिसले एटिएमको प्रयोग गर्नुहुन्छ ? एटिएमबाट पैसा निकाल्नु सबैको सामान्य बानी हो । अनुसन्धानले एटिएम मेसिन पब्लिक ट्वाइलेटजस्तै फोहोर हुने बताएको छ । अनुसन्धानकर्ताका अनुसार, एटिएम मेसिनमा हुने कि प्याडमा पब्लिम ट्वाइलेटमा पाइनेजस्तै ब्याक्टेरिया भेटिएको जानकारी दिएका छन् । एटिएम मेसिनको प्रयोग गरिसकेपछि साबुन पानीले हात धुन नबिर्सिनुहोला । ५.साथीलाई धोका दिनुः कहिले काँही परिस्थितिले गर्दा अथवा आफूलाई एक्लै बस्ने मन भएका कारण साथीसँगको प्लानमा सहभागी नहुनु भनेको ठिकै हो तर सधैँ यस्तै कुरा दोहोर्याउनु दुःखद समाचार हो । पर्सनल टाइम तपाईंको शारिरिक र मानसिक दुबै स्वास्थ्यका लागि राम्रो भएता पनि धेरै समय एक्लै बस्नु खराब मानिन्छ । विज्ञहरुका अनुसार सामाजिक बन्धनले तपाईंको दिमागको स्वास्थमा राम्रो प्रभाव पार्छ, डिप्रेसनलाई घटाउँछ र आफ्नो स्वास्थ्यप्रति सचेत बनाउँदछ ।

Category: ,

0 comments