Hindi Films

आफ्नै दाजुहरूले बहिनीलार्इ जिउँदै जलाएपछि......

Unknown | 09:19 | 0 comments

२८ भदौ, बर्दिया । जिउँदै जलाइएकी बर्दिया गुलरियाकी शिवा हासमीको घटनामा शिवाका दुई दाजुलाई दोषी ठहर गर्दै जिल्ला अदालत बर्दियाले जन्मकैद सुनाएको छ । जिल्ला न्यायाधीश बसन्तराज पौडेलको एकल इजलाशले शिवाको शरीरमा दुई दाजुले पेट्रोल खन्याएर आगो आगो लगाएको ठहर गर्दै उनका दुई दाजुलाई जन्मकैद र आमालाई दुई वर्षको कैद सजायको फैसला गरेको हो । शिवाका २५ वर्षका दाजु रिवान अहमद हासमी र २१ वर्षका रिहान अहमद हासमीलाई जन्मकैद भएको छ भने उनकी आमा ४५ वर्षकी हसना हासमीलाई २ वर्षको कैद सजाय सुनाएको छ । शिवाका प्रेमी २० वर्षका बाबु भन्ने रहिस खानलाई भने अदालतले सफाई दिएको छ । घटना लगत्तै शिवाका घरपरिवारले बाबु खानले नै पेट्रोल खन्याएर आगो लगाएको आरोप लगाउँदै प्रहरी समक्ष उजुरी दिएका थिए । प्रहरीले पनि सुरुमा बाबु खानमाथि नै शंका गरी अनुसन्धान गरेको थियो । स्थानीयबासी र मानवअधिकारवादीको दबाबमा शिवाका परिवारमा पनि अनुसन्धान गरेको प्रहरीले परिवारका सदस्यलाई नै दोषी ठहर गरेको थियो । २०६९ मंसिर २२ गते विहानै आगो लगाईएकी शिवा हासमीको २०६९ मंसिर २७ गते काठमाडौको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Category:

0 comments