Hindi Films

पाटनको दरबार क्षेत्र किशोर–किशोरीको ‘डेटिङ स्पट’ बन्दै

Unknown | 02:25 | 0 comments

ललितपुर, पाटन दरबार स्क्वायर क्षेत्र किशोर–किशोरीका लागि ‘डेटिङ स्पट’ बन्दै गएको छ । आजको कान्तिपुरको एक खबर अनुसार उक्त क्षेत्रका मन्दिरका पछाडि कुनामा स्कुल कलेज पोशाकमै किशोर–किशोरी देखिने गरेका छन् । गत आइतबार हरिशंकर महादेव मन्दिर पछाडिको कुनामा दिउँसै एक आपसमा एक जोडी अँगालो मारेर बसेका थिए। अर्को कुनामा ड्रेसमै नरसिंह मन्दिर पछाडिको रुखमुनि आपत्तीजनक अवस्थामा थिए । त्यसको ठिक अगाडि अर्का दुई जोडी हात समाएर बसेका थिए । चारनारायण मन्दिरको पश्चिम ढोकामा त छाता ओढेका एक जोडी चुम्बन गर्न व्यस्त थिए । यी चारवटा दृश्य त उदाहरण मात्र हुन् । यस्ता दृश्य दिनहुँ देखिने गरेको स्थानियबासी बताउँछन्। ‘अझै साँझपख त हेर्नै नसकिने हुन्छ, किशोर–किशोरीको हर्कत,’ एक स्थानियले भने,’ विदेशी पर्यटकका लागि यी दृश्य क्यामेरामा कैद गर्ने सामाग्री बनेका छन्।’ दिउँसै नकारात्मक गतिविधि हुने गरेकाले परिवारसँग आउनेलाई समेत अफ्ठेरो हुने गरेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

Category:

0 comments