Hindi Films

१३ वर्षकी बालिकलाई गर्भवती बनाएको आरोपमा थुना ...

Unknown | 08:54 | 0 comments

रुकुम । रुकुमको गराइला गाविसकी १३ वर्षकी एक बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा अदालतको आदेशपछि प्रहरीले एक जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । गराइलाकै ४५ वर्षका भीमे वलीलाई जिल्ला प्रहरी कार्यालय रुकुमले घरबाटै पक्रेर अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखेको हो । जिल्ला अदालत रुकुममा बिहीबार अभियोगपत्र दायर भएपछि जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले अभियुक्तलाई थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार लोकबहादुर हमालले जानकारी दिनुभयो । पीडितका आफन्तले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुकुमले ओलीलाई पक्रेको हो । वालिकाको स्वास्थ्य परीक्षण गर्दा उनी चार महिनाको गर्भवती रहेको पाईएको प्रहरीले जनाएको छ । बालिकाको पेट बढेपछि घरकाले सोधपुछ गर्दा पाँच महिना अघि वलीले बलात्कार गरेको खुलेको परिवारले बताएका छन् । बालिकाले दिएको जानकारी अनुसार एक दिन घर फर्कदै गर्दा बाटोमा मुख थुनेर गएको बैशाखमा पहिलो पटक र त्यसपछि पनि पटक पटक बलात्कार गरेका हुन । वलीले ज्यान मार्ने धम्की दिएका कारण डरले बलात्कारको कुरा बाहिर नल्याएको बालिकाले बताइन् । कक्षा ८ मा पढ्दै आएकी र गरिब परिवारकी ती बालिका गर्भवती रहेको खुलेपछि वली केही दिनदेखि गाउँमा देखिएका थिएनन् । तर उजुरीपछि प्रहरीले उनलाई घरबाटै पक्रेको छ । चार वटा बिबाह गरिसकेका अभियुक्त वलीको साथमा हाल एउटा श्रीमती, दुइ छोरी र एक छोरा छन ।

Category:

0 comments