Hindi Films

बाबु–आमाबीचको झगडा, बाबुको मृत्यु र आमा थुनामा, बालिका अलपत्र

Unknown | 09:42 | 0 comments

काठमाडौं, ४ भदौ । बाबु–आमाबीचको झगडामा बाबुको मृत्यु र आमा थुनामा परेपछि खोटाङको फेदी गाविस वडा नम्बर नौकी चार वर्षीया बालिका संरक्षणविहीन भएकी छिन्। संरक्षणका लागि आफन्त कोही नभएपछि चार वर्षीया अप्सरा अहिले जिल्ला प्रहरी कार्यालय भोजपुरको संरक्षणमा छिन्। घरायसी झगडाको क्रममा समला राईले खुकुरी प्रहार गर्दा गत साउन १० गते पति किरण राईको मृत्यु भयो। पतिको मृत्यु भएपछि समलालाई प्रहरीले कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालतमा मुद्धा चलाएको छ। समला अहिले पुर्पक्षका लागि कारागारमा छिन्। बाबुको मृत्यु र आमा थुनामा परेपछि चार वर्षीया अप्सरा संरक्षणविहीन भएकी हुन्। घरका आफन्त कोही नभएका र समलाका माइतीमा पनि बाबुआमा बृद्धवृद्धा भएकाले नाबालिका अप्सराको संरक्षण गर्न समस्या भएको हो। बाबुको मृत्यु र आमाको जेल जाने अवस्था आएपछि नाबालिका अप्सराको संरक्षण कसले गर्ने भन्ने चिन्ता प्रहरीलाईसमेत परेको छ। समलाकी एकमात्र छोरी अप्सराले पढ्ने इच्छा भएको बताएकी छन्। हालसम्म विद्यालय नगएकी अप्सरा कसैले पढाइ दिए पढ्ने बताउंछिन्। आमा समलाले पनि भरपर्दो संरक्षक आएमा छोरी अप्सरालाई दिन तयार रहेको बताएकी छिन्।

Category:

0 comments