Home �
News
� यसरी भुडी बढेर मानिसको लुक्स नै खराब भए पछि !,कन्ट्रोल अनि उपचार गर्ने कि!!
Unknown |
09:10 |
0
comments
यसरी भुडी बढेर मानिसको लुक्स नै खराब भए पछि !,कन्ट्रोल अनि उपचार गर्ने कि!!
धेरै मान्छेको गुनासो हुन्छ, पाखुरा तथा खुट्टा पातला भने तथा पुट्ट पेट मात्र निस्कियो । यस्तो हुँदा मानिसको लुक्स नै खराब बन्छ । ठूलो भुँडीबाट ग्रसित हुनु सहरी क्षेत्रको बढ्दो समस्या नै बन्न थालेको छ । अरु जिउमा मासु नलाग्ने तर भुँडीमात्र बढ्ने समस्या भयो भने सावधान हुनुपर्छ, कतै केही रोग त लागेन ? यो सँगै जिउ गठिलो बनाउने तथा भुँडी घटाउने भोजनको सेवन गर्नुपर्छ ।

भुँडीमा बोसो जमेर आकार बढ्दै जानुले विभिन्न खाले स्वास्थ्य समस्याको जन्म पनि दिन्छ । यस्तो समस्या पुरुषमा भन्दा महिलामा अझ बढि हुँदै गएको छ । यसको एउटा कारण महिलाको आन्ध्राको लम्बाइ पुरुषको भन्दा बढि हुनु हो । जसका कारण आन्ध्रामा पाइने जिवाणुहरुले पेटमा खानलाई सडाउने काम पनि धेरै गर्छन् जसका कारण पेटमा ग्यासको उत्पादन बढि हुन्छ र पनि पेट फुल्छ । यस्तो अवस्थामा नुनको सेवनले त्यस्ता जिवाणुको आक्रमण कम गराउँछ र पेट फुल्ने समस्या कम हुन्छ । तर अन्य भोजनमा सन्तुलन नमिलाउने र नुन खाएर पेटको गडबडी ठीक पार्ने प्रयास गर्ने बानी ठीक होइन । स्वास्थ्यका लागि नुनको अधिक सेवन समेत हानिकारक हुन्छ । सरीर स्वस्थ राख्न पोटासियमयुक्त फाइबर जन्य भोजनको अधिक प्रयोग गर्नुपर्छ । यसले सरीरमा बोसो बढ्ने र भुँडी ठूलो हुने समस्या कम गर्छ ।
फाइबरयुक्त खानेकुराको नियमित सेवनले कब्जियतको समस्या घटाउँछ । जिउलाई चुस्त दुरुस्त राख्न पनि यसले मद्दत गर्छ । त्यस्तै पर्याप्त मात्रामा पानीको सेवन गर्नुपनि मोटोपन तथा भुँडीको बोसो घटाउन कामयावी हुन्छ । यसले भिटामिनलाई घुलाउन, दुषित पदार्थलाई सरीर बाहिर निकाल्न तथा कब्जियत जस्ता समस्या घटाउन पनि सहयोग गर्छ ।
चिनी मिसाइएका वा बोसोयुक्त खानेकुरा कम खानुहोस् । त्यसका साथै पचाउन पनि गाह्रो पर्ने खाद्यपदार्थ पनि कम सेवन गर्नुपर्छ । ड्राइफुड तथा विभिन्न खाले प्याकेटजन्य बनाबटी खानेकुराहरुको सेवन कम गर्नुपर्छ । यस्ता पदार्थहरुमा हानिकारक रसायन समेत हुनुका साथै सरीरलाई पचाउन समेत गाह्रो हुन्छ ।
नियमित रुपमा व्यायाम, योगा, सन्तुलित भोजन, तनावबाट मुक्ति तथा काम र आरामबीचको सन्तुलन मिलाउन सक्ने हो भने जिउले बढि मोटोपन वा दुब्लोपनबाट मुक्ति पाउँछ र सरीर स्वस्थ तथा गठिलो हुन्छ ।
 |
Category:
News
0 comments