आफ्नै बहिनीलाई जिउँदै जलाउने २ दाजुलाई जन्मकैद, आमापनि जेलमा
![]() |
जिउँदै जलाइएकी बर्दिया गुलरियाकी शिवा हासमीको घटनामा उनका दुई दाजुलाई दोषी ठहर गर्दै जिल्ला अदालत बर्दियाले जन्मकैद सुनाएको छ ।
जिल्ला न्यायधीश बसन्तराज पौडेलको एकल ईजलाशले शिवाको शरीरमा दुई दाजुले पेट्रोल खन्याएर आगो लगाएको ठहर गर्दै जन्मकैद र आमालाई दुई वर्षको कैद सजाँयको फैसला गरेको हो । शिवाको २५ वर्षिय दाजु रिवान अहमद हासमी र २१ व्र्षिय रिहान अहमद हासमीलाई जन्मकैद भएको छ भने उनकी आमा ४५ वर्षिय हसना हासमीलाई दुई वर्षको कैद सजाँय सुनाइएको हो ।
शिवाका प्रेमी २० वर्षिय बाबु भन्ने रहिस खानलाई भने अदालतले सफाई दिएको छ । घटना लगत्तै शिवाका घरपरिवारले बाबु खानले नै पेट्रोल खन्याएर आगो लगाएको आरोप लगाउँदै प्रहरीसमक्ष उजुरी दिएका थिए । प्रहरीले पनि शुरुमा खानमाथी नै शंका गरी अनुसन्धानलाई अगाडी बढाएको थियो । पछि स्थानीयबासी र मानवअधिकारकर्मीको चर्को दवावका कारण शिवाको घरपरिवारलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
२०६९ मंसिर २२ गते विहानै आगो लगाइएकी शिवा हासमीको मंसीर २७ गते काठमाडौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
![]() |
Category: News





0 comments