Home �
CelebrityNews And Gossips
� कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गर्यो ।
Unknown |
03:53 |
0
comments
काठमाडौं,असोज ३ –
अहिले नेपाली सिने जगतमा चर्चित चलचित्र कोहिनुरले दुई महिना नवित्दै साढे नौ करोडको व्यापार गरिसकेको छ ।
पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनेता स्व. श्री कृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिजिल भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो । चार सातासम्म देशभरका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको कोहिनुरले अहिले पनि उस्तै व्यापार गरिरहेको छ । आज शुक्रबारदेखि सातौं सातामा प्रदर्शन भइरहेको कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धर बताउँछन् । हाल राजधानीका एक दर्जन हलमा प्रदर्शन भइरहेको फिल्मले विदाको दिन ओभरफुलको व्यापार गर्ने गरेको छ भने अन्य दिन औसत व्यापार गरिरहेको मानन्धरले बताए ।
यस हिसाबले हेर्दा कोहिनुर अझै केही साता चल्ने देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Category:
CelebrityNews And Gossips
0 comments