Hindi Films

रक्त क्यान्सर भएका बच्चालाई अमेरिकाबाट सहयोग

Unknown | 03:51 | 0 comments

काठमाडौ, आश्विन ३ - रक्त क्यान्सरको उपचार गराइ रहेका दुई बर्षीया डेनिज थापाको उपचारको लागि अमेरिका बस्ने नेपालीहरुले २ लाख ११ हजार ४ सय ७९ रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्र रतला जोशीले संयोजन गरेर क्यालिफर्निया, ओक्लहोमा, फ्लोरिडा, जर्जिय, कन्सस नेब्रास्का, न्यूयोर्कलगायतका स्थानमा बसोबास गर्ने नेपालीहरुले सहयोग गरेका छन् ।
बझाङ, चैनपुर ४ का दीपक थापाका छोरा डेनिजलाई कान्ति बाल अस्पतालमा उपचार गराइ रहेका छन् । लामो समयसम्म उपचार गराउनु पर्ने भएकोले खर्च अभाव भएको र सहयोग गर्न चाहनेले एभरेष्ट बैंकको सामाखुशीस्थित शाखाको ए/सी ०४८००५०१२०२११० मा डेनिज् थापाको नाममा रहेको खातामा सहयोग पठाउन सकिनेसमेत दीपकले जनाएका छन् ।

Category:

0 comments