Hindi Films

अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माद्वारा राजीनामा

Unknown | 10:19 | 0 comments

काठमाडौ, २५ भदौ । एमाओवादीको विद्यार्थीको संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले राजीनामा दिएका छन् । शर्माले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । गत चैत्रमा भएको अधिवेशनमा जाग्रित रायमाझी र रमेश मल्लबीच नेतृत्व विवाद भएपछि पार्टीले शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो । ‘पार्टीले उहाँलाई असारसम्म बनिदिनुस् भनेको थियो । हामी सहमति गर्छौं भनेको थियो । तर, नभएपछि हाम्रो केन्द्रीय कार्यालयले नै उहाँ हिमाललाई तपाई राजीनामा दिनुस् भनेको हो’ एक पदाधिकारीले भने । अब पार्टी शीर्ष नेताहरुबीच सहमति गरेर नयाँ अध्यक्ष चयन वा राष्ट्रिय सम्मेलन गर्ने दुई विकल्प अघि सारिएको छ । चैतमा भएको अधिवेशनमा नेतृत्वमा सहमति हुन नसकेपछि तत्कालीन पदाधिकारीहरुले नै अध्यक्ष चयन गरिदिन लिखित रुपमा पार्टीलाई आग्रह गरेका थिए । तर, पार्टी नेताहरु रायमाझी र मल्लको पक्षमा विभाजित भएपछि केही समयका लागि हिमाल शर्मालाई नै जिम्मावारी दिइएको थियो । शर्मा अहिले एमाओवादी काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत हुन् ।

Category: ,

0 comments