Hindi Films

कतै तपाईं टाउको दुखाइले निराश त हुनुहुन्न ?

Unknown | 02:46 | 0 comments

टाउको दुख्नु एउटा व्यापक समस्या हो । यसले व्यक्तिको दैनिक क्रियाकलाप मात्र हैन शैक्षिक, सामाजिक तथा आर्थिकरूपमा समेत नराम्रो असर पारेको हुन्छ । टाउको दुखाइको प्रकृति सबै मान्छेको एकनाश हुँदैन । कसैको टाउको पोल्ने हुन्छ भने कसैको भारी वा गर्‍हु·ो हुने गर्दछ । कसैको घोच्ने, कसैको टन–टन दुख्ने गर्दछ । टाउको दुखाइ भनेको टाउको दुख्नुमात्र नभई टाउकोमा एक किसिमको अप्ठ्यारोपना महसुस गर्नु पनि हो । तीन वा तीन महिनाभन्दा बढी टाउको दुख्यो भने त्यसलाई दीर्घ टाउको दुखाइ भनिन्छ । दीर्घ टाउको दुखाइका धेरै कारणहरूमध्ये प्रमुख तीन कारण छन्– टेन्सन टाइप अफ हेडेक, माइग्रेन र क्लसटर हेडेक । यो लेखमार्फत् माइग्रेन के हो ? यो किन हुन्छ ? माइग्रेन हेडेकलाई कसरी पहिचान गर्ने र चिकित्सकको माइग्रेन हेडेकबारे सुझाव र सल्लाह के–के हुन् भन्ने बारे विचार आदानप्रदान गर्न कोशिश गरेको छु ।
माइग्रेन फ्रेन्च शब्द हो । जसको उत्पत्ति ग्रीक भाषाको हेमिक्रेनिया (ज्झष्अचबलष्ब) शब्दबाट भएको हो र यसको अर्थ आधा टाउको मात्र (इलथि जबाि जभबम) हुन्छ । यो एक किसिमको मस्तिष्कको रोग हो । जसमा टाउको चक्ररूपमा (एष्कयमष्अ) दुख्ने गर्दछ । चिकित्सकको लागि माइग्रेनको उपचार निरुत्साहित तुल्याउने हुन्छ । दीर्घ टाउको दुखाइको करिब पन्ध्र प्रतिशत हिस्सा माइग्रेनले ओगटेको छ । पुरुषभन्दा महिलामा तीन गुणा बढी यो रोग पाइन्छ । पहिले–पहिले मस्तिष्कको रक्तनलीमा समस्या भएर यो रोग लाग्छ भन्ने विश्वास थियो तर आजकल ऋयचतष्अब िकउचभबमष्लन मभउचभककष्यल ले गर्दा यो रोग भएको विश्वास गरिन्छ । अझसम्म पनि यस रोगको ठोस कारण पत्ता लागेको छैन । माइग्रेन रोग पनि विभिन्न प्रकारको हुन्छ र लक्षण पनि फरक–फरक हुन्छ तर समग्ररूपमा यहाँ माइग्रेनको लक्षण वर्णन गरिएको छ । माइग्रेनमा प्राय:जसो आधा र कहिलेकाहीं पूरा टाउको दुख्ने गर्छ । यसमा टाउको टन–टन (त्जचयदष्लन) वा घोच्ने हुन्छ र सहन नसक्ने कडा किसिमको दुखाइ हुन्छ । बिरामी दुखाइले छटपटाइरहेको हुन्छ । दुखाइ चक्र यानी भ्उष्कयमष्अ र बीचमा बिरामी एकदम सामान्य हुन्छ । दुखाइ चार घण्टादेखि तीन दिनसम्म प्राय:जसो रहन्छ । टाउको दुखाइ सदैव एक ठाउँमा हुँदैन कहिले दायाँतिर त कहिले बायाँतिर दुख्ने गर्छ । यदि टाउको सदैव एउटै साइडमा दुख्ने गर्छ भने सिटी र एमआरआइजस्ता परीक्षण गराउनुपर्ने अवस्था पनि हुनसक्छ र ब्रेन ट्युमरको आशड्ढा हटाउनुपर्ने हुन्छ । यस रोगमा बिरामीलाई वाक्वाक् लाग्ने, बान्ता हुने, मान्छेको आवाज झर्को लाग्ने, बिरामी अँध्यारोमा बस्न मन पराउने, बत्ती निभाएर बस्न मन पराउँछ । माइग्रेन ज्यान जाने कडाखाले रोग होइन तर बिरामीको जीवनलाई दुर्दशातिर धकेलेको हुन्छ ऊ सदैव चिन्तित रहन्छ । यो रोगलाई पूर्णरूपमा सन्चो पार्न धेरै अप्ठ्यारो छ तर राम्ररी उपचार गर्‍यो भने रोगलाई नियन्त्रणमा राख्न सकिन्छ र बिरामीले खुशीको जीवनयापन गर्न सक्छ । यसको उपचार खर्चिलो हुन्छ र औषधि लामो समयसम्म खानुपर्ने हुन्छ र औषधि बन्द गरेपछि रोग फर्किने सम्भावना पनि कसैकसैलाई हुन्छ । माइग्रेनको उपचारमा बिरामीलाई धैर्य राख्न एकदम आवश्यक छ किनभने औषधिले काम गर्न चारदेखि आठ हप्तासम्म लाग्न सक्छ । बिरामीलाई सुझाव र सल्लाह: १) बिरामीले प्राय:जसो औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिको नकारात्मक असर तथा कडा प्रभावबारे प्राय:जसो मान्छेलाई थाहा हुँदैन । त्यसैले चिकित्सकको सरसल्लाह अनुसार औषधि खानुपर्छ । २) बिरामीले केले गर्दा टाउको दुखाइ बढेको हो, त्यस्तो खानेकुरा, बानीबेहोरामा ध्यान दिनुपर्ने हुन्छ र सम्बन्धित चिकित्सकलाई खबर गर्नुपर्छ । ३) बिरामीले हेडेक डायरी राम्ररी मेन्टेन गर्नुपर्छ । ४) बिरामीले भोको बस्नु, व्रत गर्नु तथा घाममा घुम्नुहुँदैन । ५) बिरामीले सन्तुलित आहार खानुपर्छ र प्रतिदिन सामान्य व्यायाम गर्नुपर्छ । ६) प्रत्येक दिन एउटै समयमा र ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ । ७) बिरामीले कफी, रक्सी, चकलेट, कोकाकोला तथा पनिरको सब्जी इत्यादि खानुहुँदैन । ८) कहिलेकाहीं अत्यधिक मानसिक तनाव र धेरै थकाइ लागेमा दुखाइ बढ्छ त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्छ । ९) महिलाहरूको कपाल लामो भएकोले कपाल धेरै धुँदा पनि दुख्छ । कपाल धोएर सुकाउनुपर्छ । १०) बिरामीले बिँडी, चुरोट तथा ओसट्रोजिन भएको परिवार नियोजनको चक्की खानुहुँदैन किनभने यसले बिरामीको जीवनमा नराम्रो प्रभाव पार्छ । ११) स्वास्थ्यकर्मी साथीहरूले महिनाको एक–दुईचोटी दुख्यो भने प्रतिरोधात्मक रूपमा प्रयोग गर्ने औषधि दिनुहुँदैन । महिनामा तीनदेखि पाँचपटक दुख्न थाल्यो भने निश्चित तवरले प्रतिरोधात्मक औषधि दिनुपर्छ ।

Category:

0 comments