Hindi Films

विवाहपूर्व अवश्य गर्नुहोस् यी काम नत्र पछुताउनुहुनेछ

Unknown | 03:37 | 0 comments

September 15, 2014 manके तपाईं विवाह गर्ने सोच बनाउँदै हुनुहुन्छ ? विवाहको लड्डु चाख्नुभन्दा पहिले तपाईंलाई खुसी र आनन्द दिने यी कुराहरुमा ध्यान दिनु आवश्यक छ । याद राख्नुहोस्, यदि तपाईं यी कुराहरु भविष्यमा गर्ने भन्दै पन्छाउनुहुन्छ भने शायद तपाईंले यी कुराहरुको अनुभव गर्ने मौका अर्को मौका पाउनुहुन्न । यहाँ हामी पुरुषहरुका लागि विवाहभन्दा पहिले गर्नुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै छौँ ।
१. सबै ग्याजेटहरु किन्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै ग्याजेटहरु किन्नुहोस् । के थाहा, तपाईंकी श्रीमतीले तपाईंलाई यत्तिको स्वतन्त्रता दिन्छिन् या दिँदिनन् । २. सबै एक्सन फिल्म हेर्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै एक्सन फिल्महरु अवश्य पनि हेर्नुहोला किनभने विवाहपछि तपाईंको फिल्मको रुचीमा परिवर्तन आउनसक्छ । ३. कहिले पनि कसम नखानुहोस्ः यदि तपाईंमा कसम खाने बानी छ भने यो एक समस्या हुनसक्छ किनभने कुनै पनि महिला तपाईंको यो बानीलाई मन पराउँदिनन् । ४. आफ्ना विशेष साथीहरुलाई भेट्नुहोस्ः विवाह गर्नुपूर्व आफ्ना कलेज वा स्कुलका सबै साथीहरुलाई एकपटक भेट्नुहोस् । भेट्नुभन्दा पहिले उनीहरुलाई आफ्नो विवाहको बारेमा जानकारी दिनुहोस् र औपचारिकताका साथ उनीहरुलाई आफ्नो विवाहमा निम्तो गर्नुहोस् । ५. पुरानो प्रेम याद गर्नुहोस्ः यदि अरु पुरुषहरुलाई जस्तै तपाईंलाई पनि महिलालाई बुझ्न गाह्रो छ भने तपाईंको वैवाहिक जीवन खतरामा छ भन्ने बुझ्नुहोस् । त्यसकारण विवाहभन्दा पहिलाको प्रेमप्रसंग यहाँ सिद्ध हुनेछ । ६. खाना बनाउन सिक्नुहोस्ः यसबाट तपाईंको हुन लागेकी श्रीमती प्रभावित मात्र नभई यो कलाले तपाईंलाई अप्रत्याशित स्थितिहरुमा तपाईंको जीवन रक्षक पनि बन्न सक्छ । ७. आफ्नो वित्तिय स्थितिमा सुधारः तपाईंको वित्तिय स्थिति अहिले कमजोर भएपनि विवाहभन्दा पहिले तपाईंको बैंक ब्यालेन्स मोटो रकमले भरिएको हुनुपर्छ । ८. पैसालाई व्यवस्थित गर्न सिक्नुहोस्ः तपाईं आफ्नो पैसा निकै खर्च गर्न चाहनुहुन्छ होला तर तपाईंकी श्रीमती समस्यामा काम लाग्छ भन्दै बचाउन चाहन्छिन् । त्यसकारण पैसाको व्यवस्थापनसँग जोडिएको कुराहरुलाई पहिला नै स्पष्ट गर्नुहोस् । ९. एक्लै घुम्नुहोस्ः कुनै एकान्त ठाउँमा जानुहोस् र आफूमा लुकेको गुणहरुलाई खोज्नुहोस् । तपाईंलाई यो अनुभवले निकै खुसी दिनेछ । १०. चाहेको जति कोर्स पुरा गर्नुहोस्ः चाहे तपाईंको इच्छा गिटार सिक्ने होस् वा स्पेनिस भाषा सिक्ने होस्, आफ्ना यी इच्छाहरुलाई विवाहभन्दा पहिला नै पुरा गर्नुहोस् किनभने अर्को पटक मौका नआउन पनि सक्छ । ११. आफ्नो रुची अनुसार चल्नुहोस्ः धेरै पटक हाम्रो रुची र काममा तालमेल मिल्दैन त्यसकारण आफ्नो रुचीलाई चिन्नुहोस् र त्यसमा सफल हुने कोसिस गर्नुहोस् चाहे त्यो काम सानो वा गाह्रो किन नहोस् । १२. सभ्य पुरुषको रुपमा बाँच्न सुरु गर्नुहोस्ः यदि तपाईंको घरमा चुरोटको ठुटो र रक्सीका बोतलहरुले भरिएको छ भने तपाईंले धेरै कुरा सिक्न आवश्यक छ किनभने तपाईंको जीवन अब कुनै होस्टेल र डेरामा बस्ने पुरुषहरुको जस्तो हुनेछैन । १३. आफ्नो सिमाहरुलाई थाहा पाउनुहोस्ः वैवाहिक जीवनलाई सफल बनाउनका लागि आफ्नो पार्टनरको सिमा थाहा पाउनुभन्दा पहिले आफ्नो सिमाको बारेमा जान्न आवश्यक छ । आफू र आफ्ना आशाहरुसँग इमान्दार रहन सिक्नुहोस् ।

Category:

0 comments