Hindi Films

सनत बस्नेतको सनसनी समाचार फेसबुकमा पर्दाफास

Unknown | 03:02 | 0 comments

काठमाडौं, भदौ २७ । सशस्त्र प्रहरी बलका पूर्वआइजिपी सनतकुमार बस्नेत नेपालस्थित अमेरिकी दूतावासको विज्ञ कर्मचारी रहेको कुरा सार्वजनिक भएको छ । ३० वर्षे सेवाअवधिका कारण अवकाश भएपछि समाजसेवाका नाममा सक्रिय रहेका बस्नेत कहिले राजदूत बन्न त कहिले अख्तियारलगायतका संवैधानिक आयोगको आयुक्त पद पाउनका लागि क्रियाशील रहँदै आएका थिए । राजदूतका लागि उनी खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा निकै लागिपरेका थिए, तर उनको त्यो सपना पूरा हुन सकेन । अवस्थाअनुसार कहिले काँग्रेस त एमालेसँग मात्रै नभएर एमाओवादीसँग पनि नजिक रहेका बस्नेत अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको Sanat_Basnetआयुक्त हुनका लागि प्रधानमन्त्रीदेखि सत्तारुढ दलका नेता र मन्त्रीहरूकहाँ धाइरहेका छन् । ३ करोड खर्च गरेर भए पनि उनी अख्तियारको आयुक्त बन्नका लागि क्रियाशील रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । सशस्त्रबाट अवकाश भएपछि उनी अमेरिकी दूतावासमा सुरक्षाविज्ञका रूपमा अहिलेसम्म पनि जागिरे भएको कुरा सार्वजनिक भएको छ । यो कुरा प्रधानमन्त्री सुशील कोइरालादेखि एमाले अध्यक्ष केपी ओलीलगायतका पार्टीका शीर्ष नेताहरूकहाँसमेत प्रमाणसहित जागिरे भएको पुष्टि भएपछि उनलाई अख्तियार त के अन्य निकायहरूमा पनि नियुक्ति नदिने बताइएको कुरा फणिन्द्र दाहालले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सुरक्षा निकायजस्तो संवेदनशील संगठनको प्रमुख भई अवकाश पाइसकेका व्यक्ति एउटा दूतावासमा कर्मचारीका रूपमा काम गर्नुले उनको नियत त प्रष्ट हुन्छ नै यसबाहेक देशका गोप्य सूचनाहरू समेत अमेरिकी दूतावासमा पुग्ने गरेको कुरा पनि पुष्टि हुन्छ । बस्नेतबारे आएका यस्ता कुराहरुमा सरकारले पनि ध्यान दिन जरुरी छ । सुरक्षा निकायबाट अवकासप्राप्त व्यक्तिहरु विभिन्न बहानामा अवैध रुपमा कहीँ कतै क्रियाशील हुनु राम्रो कुरा होइन सरकारले यसको खोजी गरी निगरानी राख्नु जरुरी छ ।

Category:

0 comments