Home �
News
� कोरियाली भाषा सिकाउने नाममा लाखौंको ठगी भएको गुनासो, २२ केन्द्रबाट परीक्षा दिन पाइने
Unknown |
07:36 |
0
comments
|
 |

काठमाडौ, २१ भदौ । कोरियाली भाषा पढाउने संस्थाले अधिक शुल्क असुली गर्ने क्रम रोकिएको छैन । तालिम प्रदायक संस्थाले ग्यारेन्टी पास गराउने भन्दै विज्ञापन गर्ने र प्रतिब्यक्ति एक लाख रुपैंयाँसम्म शुल्क असुल्ने गरेको गुनासो भाषा सिकिरहेकाहरुले गरेका छन् ।
तालिम दिने संस्थाले लुट मच्चाए पनि सरकारले भने अहिले सम्म ठोस कारबाही गर्न सकेको छैन । सरकारी निकायबीच समन्वय अभावमा कारबाही हुन नसकेको अन्नपूर्ण पोष्टमा खबर छ । अनुगमन तथा कारबाही हुन नसकेकोले तालिम दिने संस्थाले ग्यारेन्टी पास भन्दै चर्को शुल्क लिन पाएका हुन् । तालिम प्रदायक संस्थाले प्रतिब्यक्ति सात हजारदेखि एक लाख रुपैंयाँसम्मको रकम असुल्ने गरिएको भाषा सिक्नेहरुको दावी छ । भाषा सिकाउने तथा ग्यारेन्टी परीक्षा पास गराउने नाममा मोटो रकम असुल्ने काम भएको छ ।
ईपीएस कोरिया शाखाले भने कोरियन भाषाका नाममा कसैले बदमासी गरेको पाइएमा त्यस्ता संस्था तथा ब्यक्तिलाई कडा कारबाही गर्ने जनकारी दिएको छ । कसैले पनि भाषा परीक्षा पास गराउने ग्यारेन्टी गर्न सक्दैन । कोरियन पक्षको प्रत्यक्ष संलग्नतामा परीक्षा सञ्चालन हुने र उत्तर पुस्तिका समेत कोरियामा परिक्षण हुने जानकारी ईपीएस शाखाले दिएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियन भाषा पास गराईदिने भन्दै कुनै ब्यक्ति तथा संस्थाले रकम असुलेको प्रमाणसहित आएमा तत्काल कडा कारबाही गरिने बताए ।
|
 |
Category:
News
0 comments