Home �
� फेरी पनि छोराको आमा बन्दै सकिरा
Unknown |
10:59 |
0
comments
कोलम्बियन गायिका शाकिराले स्पष्ट रुपमा आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी संचारमाध्यममा गत अगस्टमा दिएकी थिइन् । शाकिरा आफ्नो लिभ इन पार्टनर फुटबलर गेरार्ड पिकेको दोस्रो बच्चालाई जन्म दिन लागेकी हुन् । वेभसाइट ‘कन्ट्याक्टम्यूजिक डट कम’ का अनुसार शकिराकी आमा निदिया रिपोल र बुवा विलियम मेबराक च्याडिडले मंगलबार पत्रिका ‘होला’ लाई दिएको जानकारी अनुसार दोस्रो पटक पनि शकिरा छोराको आमा नै बन्न लागेकी छिन् ।
उनीहरु भन्छन्, ‘हामी निकै खुसी छौँ । उनी दोस्रो पटक आमा बन्न लागेकी छिन् । मिलानको लागि भाइको जन्म हुँदैछ ।’ केहि दिन पहिले शकिराले भनेकी थिइन् कि मातृत्व एउटा निकै सुखद आभाष हो जसको आनन्द उनी पूरै उठाइरहेकी छिन् । शकिराको भनाई अनुसार मातृत्वभन्दा ठूलो आनन्द अरु केहि पनि छैन । यो खुसीको बराबरी र तुलना अरु कुनै वस्तुसँग गर्न सकिँदैन । (एजेन्सी)
Category:
0 comments