Hindi Films

प्रहरीचौकीमा कारबम बिस्फोट गराई चार सैनिकको हत्या

Unknown | 09:28 | 0 comments

यमन, भदौ २४ – यमनको दक्षिणपूर्वी प्रान्त हाद्रामोउटमा रहेको एक प्रहरीचौकीमा मङ्गलबार एक आत्मघाती कारबम विस्फोट गराई कम्तीमा पनि चार सैनिकको हत्या गरिएको समाचार छ । उक्त जानकारी प्रान्तीय सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई दिएका छन् । हाद्रामोउटमा रहेको सैनिकको मुख्य कार्यालयमा स्थानीय समय अनुसार ९:३० बजे संदिग्ध अल कायदा आतङ्ककारीले गराएको आत्मघाती कारबम विस्फोटमा विशेषबलका चार सैनिकको मृत्यु भएको जनाइएको छ । यस आक्रमणमा अन्य छ जना सैनिक घाइते भएका छन् । तीमध्ये पनि चार जनाको अवस्था चिन्ताजनक भएको सैनिकस्रोतले जनाएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर यस आक्रमणमा अल कायदा आतङ्ककारीको हात रहेको अनुमान सैनिक स्रंोतले गरेको छ ।

Category:

0 comments