Hindi Films

नायिका बेनिसा हमाललाई गाउका विद्यार्थीहरूले किन घेरे , हेर्नुहोस् ।

Unknown | 04:20 | 0 comments

मोहन वस्याल चितवन, भदौ २१ । स्वर चलचित्रबाट नेपाली सिने जगतमा प्रबेश गरेकी नायिका बेनिसा हमाल आफ्नो गाउँको विद्यालय पुग्दा विद्यार्थीबाट घेरिएकी छन् । आफुले आठ कक्षा सम्म अध्ययन गरेको चितवनको गितानगर ४ देवनगरमा रहेको देवज्योति निमाबीमा आयोजना गरिएको सम्मान कार्यक्रममा सहभागि हुन पुगेकी हमाललाई त्यहाँ अध्ययन गर्ने विद्यार्थी अटो ग्राफ र फोटो खिचाउनका लागि घेरेका हुन् । सो विद्यालयबाट २०५९ सालमा आठ कक्षा उत्तिण गरेकी बेनिसा आफ्नो समुहकी सर्बोत्कृष्ट विद्यार्थी हुन् । नृत्य र बक्तृत्वकला दुवैमा अब्बल बेनिसा नौ बर्ष पछि गाउ पुगेकी हुन् । उच्च शिक्षाका लागि भरतपुर हुँदै काठमाण्डौ पुगेकी बेनिसा नायिका बन्नु अघि चितवनको कालिका एफ एम की कार्यक्रम प्रस्तोता थिईन । हमालका मोक्ष, महसुस लगायतका आधा दर्र्जन चलचित्र सार्बजनिक भैसकेका छन् । उनका दर्जनौ म्युजिक भिडियो पनि सार्बजनिक भएका छन् । विद्यालयका संस्थापक बुद्धि सागर बास्तोलाको स्मृतिमा स्थापना गरिएको बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठानले साहित्यकार उषा शेरचन र समाजसेवी मिना खरेलको सम्मानका लागि विद्यालयमा कार्यक्रम गरेको थियो । सो अवसरमा संस्थाकी संरक्षक सुमित्रा पौडेल आँचलको गजल संग्रह प्रवासका कोशेली र मुक्तक संग्रह औकात को बिमोचन गरिएको थियो । प्रतिष्ठानले सोही अवसरमा सो विद्यालयका सम्पुर्ण विद्यार्थीलाई एक एक वटा झोला समेत उपलब्ध गराएको छ । संस्थाकी अध्यक्ष ईन्दिरादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र प्रमुख अतिथि र जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य बिशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै नायिका हमालले बर्षौ पछि आफु पढेको विद्यालयमा आउँदा आफ्ना विगतका दिन याद आएको भन्दै आफ्ना केही पुराना स्मृति हुरु सुनाएकी थिईन ।

Category:

0 comments