Hindi Films

दिल्लीको देहबजार केन्द्रबाट आठ नेपाली युवतीको उद्धार

Unknown | 09:04 | 0 comments

नयाँदिल्ली : दिल्लीका देह बजार केन्द्रमा छापा मारी त्यहाँको प्रहरीले आठजना नेपाली युवतीको उद्धार गरेको छ। उद्धार गरिएका आठमध्ये ६ नाबालिका छन्। मानव बेचबिखनमा संलग्न दलालहरुले उनीहरुलाई त्यहाँ लगेर बेचेका थिए।दिल्ली प्रहरीले त्यहाँको जीबी रोडस्थित रेडलाइट एरियामा छापा मारी कोठी नम्बर ५६ बाट पाँचजना नाबालिकालाई उद्धार गरेको जानकारी स्रोतले दिएको छ। उद्धार गरिएका नेपाली महिलालाई प्रहरी बालकल्याण समितिलाई बुझाएको छ । तीन जना महिलालाई भने पूर्वी दिल्लीस्थित अर्कै कोठीबाट उद्धार गरिएको छ।

Category:

0 comments