Hindi Films

प्रेमले दुखाएको प्रितीको घाउमा मल्हम लगाउँदै सलमान

Unknown | 07:22 | 0 comments

मुम्बई । प्रेममा विक्षिप्त भएकी अभिनेत्री पि्रती जिन्टालाई सहानुभति दिने काममा अहिले अभिनेता सलमान सक्रिय भएर लागेका छन् । प्रितीलाई सलमानले गरेको सहयोग देख्नेहरु सलमान परिपक्व भएको अनुमान मात्रै गर्दैनन, उमेरले नै उनलाई जिम्मेवार बनाएको बिश्वास गरिरहेका छन् । पूर्वप्रेमी नेश बोडियासँगको सम्बन्धका कारण निकै तनाव झेलेकी केही समयका लागि अमेरिका गएकी छिन् । प्रितीले निजी कामका लागि अमेरिका गएको भनेपनि कतिपय मिडियाले भने मिडियाको फेश गर्न नसकेर भागेको आरोप लगाएका छन् । अहिले अमेरिका पुगेकी प्रितीलाई सुटिङको क्रममा अमेरिकामा रहेका सलमानले भने निकै सघाएको विभिन्न एजेन्सीले उल्लेख गरेको छन् । अहिले सलमान र प्रिती संगै डिनर गर्दै गरेको र सपिङ मलमा पनि सँगै देखिएको समाचारमा जनाइएको छ ।

Category:

0 comments