Home �
News
� भूतलाई सर्प बनाएरटोक्न लगाएको आरोप लगाई एक महिलालाई गाउँ निकाला
Unknown |
22:04 |
0
comments
बोक्सी आरोपमा गाउँ निकाला
September 30, 2014
सिरहा,असोज १४ – बेल्हा २ का सर्जुग साहकी पत्नी चन्दनदेवी साहलाई गाउँलेले ‘बोक्सी’ भन्दै गाउँ निकाला गरेका छन् । गाउँलेले घरमा आक्रमण गर्न थालेपछि साह परिवारै प्रहरीको सहयोगमा सिरहा सदरमुकामस्थित आफन्तको घरमा शरण लिएर बसेका छन् ।
गाउँलेले घरमा आक्रमण गर्नेक्रममा साहकी बुहारी रेणुदेबीलाई कुटपिटसमेत गरेका छन् । घरभित्रका सामान तोडफोड गरेको रेणुले बताइन् । साहका तीन बुहारी र उनीहरुका बालबच्चा मात्रै घरमा छन् । आक्रमणको डरले रातभर जागै बस्ने गरेको र दिउँसो दिउँसो पनि घरबाट बाहिर निस्कने नगरेको रेणुले बताइन् ।
गाउँलेले साहका घरमा कसैलाई नजान भनेकाले कोही पनि पुग्न सकेका छैनन् । बेल्हा ५ का नपेश्वर मुखियाका १४ वर्षीय छोरा राजु मुखियालाई सर्पले टोकेर मृत्यु भएपछि भूतलाई सर्प बनाएरटोक्न लगाएको आरोप लगाएका थिए । राजुलाई शुक्रबार बिहान नदीमा क्रिकेट खेल्ने क्रममा सर्पले टोकेको थियो ,आजको कान्तिपुर दैनिकमा खबर छ ।
Category:
News
0 comments