Hindi Films

राशिफल: वि.सं.२०७१ साल असोज १४ गते। मंगलबार। सन् २०१४ सेप्टेम्बर ३० तारिख।

Unknown | 22:17 | 0 comments

वि.सं.२०७१ साल असोज १४ गते। मंगलबार। सन् २०१४ सेप्टेम्बर ३० तारिख।
Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विगतका समस्या बल्झिन सक्छन्, सचेत रहनुहोस्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ। Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा): व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । काममा अवरोध आउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला। Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला। Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम र उत्साह बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा उत्साहजनक सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अनावश्यक खर्च र चुनौतीको समय छ । कामका लागि अलि दौडधुप पनि गर्नुपर्ला। तर प्रयत्न गर्दा काम बन्न सक्छ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ । धेरै लगानीपछि कमै फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले त्यत्ति साथ नदेलान्। स्थानान्तरण र टाढाको यात्रा भने सम्भावना छ। वैदेशिक क्षेत्रबाट पनि सामान्य मात्र लाभ हुनेछ। Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । मान–सम्मान पाइनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

Category:

0 comments