Home �
News
� बलात्कृत युवतीलाई लाञ्छना लगाउँदै घर निकाला
Unknown |
03:33 |
0
comments
|
 |

कञ्चनपुर, असोज ३ – कञ्चनपुरको देखतभूली ढक्काकी एक बलात्कृत महिलालाई घर निकाला गरिएको छ ।
घर परिवार र गाउँलेले गालीगलौज र कुटपिट गर्दै घर निकाला गरेपछि १७ वर्षीया ती विवाहित युवती न्याय खोज्दै सदरमुकाम महेन्द्रनगर पुगेकी छन् ।
दक्षिणी क्षेत्रको ढक्काकी ती महिलालाई गत साउन २ गते दैजीस्थित फूपूको घर गइरहेको समयमा दुई जनाले त्यहाँ पु–याइ दिन्छौँ भन्दै चोरपानी जङ्गलमा लगेर बलात्कार गरेका थिए । प्रहरीले स्थानीयको सहयोगमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्तापछि बलात्कारमा संलग्नका परिवार र महिलाका परिवारले आर्थिक लनेदेन गरी अदालतमा महिलालाई बकपत्र बदल्न लगाएका थिए । त्यसका लागि पीडकका परिवारले रु दुई लाख ५० हजार दिएको आशङ्का गरिएको छ ।
दुवै पक्षको सहमतिमा बकपत्र बदलेर घर फर्किएकी उनलाई गत भदौ १९ गते स्थानीय महिला र घर परिवारले गालीगलौज गर्दै घरबाट निकालेका हुन् । घरबाट निकाला गरिएपछि सदरमुकाम आएकी उनी अधिकारकर्मीको सहयोगमा महिला तथा बालबालिका कार्यालयको सेवा केन्द्रमा बसेकी छन् ।
महिला मानवअधिकार रक्षक सञ्जालको सहयोगमा उनले आफ्ना ससुरासहित १२ जनाविरुद्ध घरेलु हिंसामा उजुरी दिएकी छन् । उनले आफ्नो उजुरीमा आर्थिक लेनदेनसमेत गरिएको उल्लेख गरेकी छन् ।
बकपत्र फेरिएपछि पूर्पक्षका लागि कारागार चलान गरिएका दुवै जना छुटेका छन् । अधिकारकर्मी भगवती थापाले जघन्य अपराधमा बिना दबाब र सहयोगबिना मिलेमतो हुन नसक्ने बताइन् ।
|
 |
Category:
News
0 comments