Home �
News
� श्रीमतीलाई घाइते बनाई श्रीमानद्वारा आत्महत्या
Unknown |
01:04 |
0
comments
|
 |

तेज बन विश्वासी
सुनसरी, भदौ २६ – सुनसरीको भरौल ५ का धनबहादुर राइले आफनै श्रीमतीलाइ धारीलो हतियार प्रहार गरी घाइते बनाई भोली पल्ट आफैले नजीकैको जङ्गलमा गई आत्महत्या गरेका छन् ।
४५ वर्षीया राइले श्रीमती दिपा राइलाई सोमबार राती धारीलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएर मङ्गलबार स्थानीय जङ्गलभित्र आत्महत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
श्रीमतीलाई पनि मार्ने अनी आफु पनि मर्ने मनसायले उनले आत्महत्या गरेको हुन सक्ने महेन्द्रनगर प्रहरीका प्रहरी निरिक्षक राम ढकालले बताए ।
खुकुरी प्रहारबाट घाइते दिपाको हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
केही रकम कमाउने आसमा भारत पसेका धनबहादुर १७ वर्ष पछि बिना रकम घर फर्किएपछी बेलाबेलामा पैसाकै विषयमा घर झगडा हुने गरेको र सो झगडालाई सधैंको लागी अन्त्य गर्ने उद्देश्यका साथ श्रीमतीलाई मार्ने र आफू पनि मर्ने मनसायले यस्तो घटना भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।
खुकुरी प्रहारबाट घाइते दिपाको १८ वर्षीय छोरा तीन महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदै आएको महेन्द्रनगर प्रहरीले जनाएको छ ।
|
 |
Category:
News
0 comments