Hindi Films

एसएलसी पूरकमा फेल भएपछि छात्राले गरिन्‌ आत्महत्या

Unknown | 00:15 | 0 comments

इलाम: एसएलसीको पूरक परीक्षामा अनुत्र्तीण भएपछि इलाममा एक छात्राले गएराति आत्महत्या गरेकी छिन्। सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका–९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकै घरको निदालमा सलको पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। “एसएलसीमा पास हुन्छु भन्दै रमाइरहेकी थिइन्, तर नतिजा आउने बित्तिकै छोरीले झुन्डिएर आत्महत्या गरिन्,” अभिभावकको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए। कुन विषयको नतिजा बिग्रियो भन्‍ने अभिभावकलाई थाहा छैन। नतिजा हेरेपछि आइतबार राति ८:२० बजे छात्राले आत्महत्या गरेकी हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। रासस

Category:

0 comments