Home �
News
� दसैंका लागि खसी किन्न गएका व्यापारीको हत्या
Unknown |
02:00 |
0
comments
हेटौंडा, २०७१ भदौ २८–
दसैंका लागि खसी किन्न गाउँ छिरेका व्यापारीलाई भीरबाट लडाएरु हत्या गरेको आरोपमा प्रहरीले तीन चेपाङ युवालाई पक्राउ गरेको छ । मनहरी ७ का ५२ वर्षीय विकास कालाखेतीको हत्या आरोपमा सरिखेत ८ राम्चेका १८ वर्षीय एस्पोल चेपाङ, २२ वर्षीय सञ्चलाल चेपाङ र २४ वर्षीय गणेशलाल चेपाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत भदौ १६ मा कालाखेतीको हत्या गरेर उनीहरले पैसा र मोबाइल लुटेका थिए । स्थानीय बासिन्दाले गत २५ मा उनको शव राम्चे भीरमा फेला पारेका थिए । दसैंका लागि खसी किन्न एक लाख ९५ हजार रुपैयाँ बोकेर गत भदौ १५ मा घरबाट हिंडेका थिए । उनको हत्यापछि सञ्चलाल र गणेश गाउामै बसेका थिए भने उस्पोल पत्नीसहित मनहरी बजार झरेका थिए । एस्पोल पक्राउ परेपछि उनकै बयानका आधारमा अन्य दुईलाई नियन्त्रणमा लिइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
Category:
News
0 comments