Hindi Films

कतारमा श्रमिकबारे वृतचित्र बनाउने नेपाली रिहा

Unknown | 23:33 | 0 comments

२४ भदौ, लण्डन । कतारमा नेपाली श्रमिकबारे वृतचित्र निर्माणका क्रममा पक्राउ परेका दुई नेपाली रिहा भएका छन ।

नर्वेस्थित एक मानवअधिकारसमबन्धी च्यारिटीका लागि वृतचित्र बनाउन बेलायतबाट कतार पुगेका मानवअधिकारकर्मी कृष्ण 

उपाध्याय र टेलिभिजन पत्रकार गुणदेव घिमिरे पक्राउ परेको आठ दिनपछि रिहा भएका हुन् ।

रिहा भएलगत्तै मंगलबार सबेरै दुवैजनाले फेसबुकमा स्टाटस लेखेर आफुहरु रिहा भएको जानकारी गराएका छन् । त्यसको केहिबेरपछि 

बेलायतस्थित आफ्ना परिवारलाई टेलिफोन गरेर उनीहरुले रिहा भएको जानकारी गराएको उनीहरुका परिवारले जनाएको छ ।

फेसबुकमा अपडेट गरेको स्टाटसमा टेलिभिजनकर्मी घिमिरेले लेखेका छन, भर्खर रिहा भयौं, उड्नका लागि अझै दुई दिन पर्खिनुपर्नेछ । 
हामीहरुसाग मोबाइल छैन, त्यसैले कल नगर्नुहोला । उनले लण्डनस्थित श्रीमति बन्दना कोइरालासाग पनि फेसबुकमै सम्पर्क गरेर 

आफु जेलमुक्त भएको बताएका थिए । घिमिरेपत्नी बन्दनाले भनिन, ‘निकै छोटो कुरा भयो, हामीहरु छुटिसक्यौं, दुई दिनपछिको फलाइट छ, सबैलाई खबर गर्नु भन्नुभयो ।

उपाध्यायले पनि फेसबुककै स्टाटसमा आफुहरु रिहा भएको र दुई दिनपछिको फलाइटमा फर्किने जानकारी गराएका छन् ।

उपाध्याय पत्नी सरिता पौड्यालले केहिबेरअघि आफुलाई श्रीमानले टेलिफोन गरेर रिहा भएको जानकारी गराएको बताइन । उनीहरु 

दुवैजना सकुशल र सुरक्षित रहेको भन्दै उनले रिहाइका लागि पहल गरिदिने सबैलाईउनले धन्यवाद पनि ज्ञापन गरेकी छिन ।

श्रमिकहरुसागको भिडियो अन्तरवार्ता रेकर्ड गरेर बेलायत फर्किने क्रममा गत अगष्ट ३१ तारिखदेखि एकाएक बेपत्ता उनीहरु ऋाफ्नो

 हिरासतमा रहेको भन्दै कतारको विदेश मन्त्रालयले गत शनिबार मात्रै एक विज्ञप्ती निकालेको थियो ।

स्थानीय कानुनको उल्लघंन गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको कतारको भनाइ थियो । त्यसअघि उनीहरुको अवस्था 

सार्वजनिक गर्न माग गर्दै कतार सरकारमाथि चौतर्फी दबाब सिर्जना भएको थियो ।


Category:

0 comments