२३ वर्षदेखि वेपत्ता भएका श्रीमान दसैँमा टुप्लुक्क घर आइपुग्दा
![]() |
विरगञ्ज, असोज १३ - घर परिवार छोडेर २३ वर्षदेखि सम्पर्क बिहिन भएका श्रीमान दसैँको पूर्व सन्ध्यामा अचानक घर आइपुगेपछि पर्सा ठोरी ९ इच्छानगरकी बृद्धा फुलमाया बल आश्चर्यमा पर्नु भएको छ ।
२०४८ साल चैत १६ गते घर छोडेर सम्पकए बिहिन भएका तुलबहादुर बल २३ वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा नआएपछि आफन्त र छिमेकीले उहाँ जिवत नभएको भन्दै आश मारेका थिए ।
तर तुलबहादुर गएको आइतबार अचानक घरमा आइपुगेपछि श्रीमती फुलमायाका साथै गाउँ छिमेकमा मान्छेहरु आश्चर्यमा परेको स्थानीय प्रेम लामाले जानकारी दिनुभयो । तुलबहादुर हराएको १५ वर्षपछि उहाँ मरिसकेको भन्दै आफन्त र फुलमायाले काजक्रिया गर्न खोजेपनि छिमेकीहरुले तुलबहादुर जिवित हुन सक्ने भन्दै काजक्रिया गर्न रोकेका थिए ।
मरिसकेको ठानेका श्रीमान २३ वर्षपछि अचानक घर फर्किदा फुलामयासहित घरपरिवारका अन्य सदस्यहरु पनि निक्कै खुशी भएका छन् । तुलबहादुरले भने आफूले भारतको बागमारा जिल्लाको कोइलाखानीमा काम गरेर बसेको र दुई तीन महिनाअघि त्यही कार्यरत ओखलढुंगाका आफन्तहरुको सहयोगमा घर फर्किन सफल भएको बताउनुभयो ।
लामो समयसम्म घर छाडेर बाहिर बसेकाले आफूले घर परिवारको बारेमा भुलेको भन्दै उहाँले कोइलाखानीमा काम गर्ने आफन्तले घर परिवारका बारेमा बताएपछि घर फर्किएको बताउनुभयो । तुल बहादुरका तीन छोरा र तीन छोरी छन् ।
२०४८ साल चैत १६ गते घर छोडेर सम्पकए बिहिन भएका तुलबहादुर बल २३ वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा नआएपछि आफन्त र छिमेकीले उहाँ जिवत नभएको भन्दै आश मारेका थिए ।
तर तुलबहादुर गएको आइतबार अचानक घरमा आइपुगेपछि श्रीमती फुलमायाका साथै गाउँ छिमेकमा मान्छेहरु आश्चर्यमा परेको स्थानीय प्रेम लामाले जानकारी दिनुभयो । तुलबहादुर हराएको १५ वर्षपछि उहाँ मरिसकेको भन्दै आफन्त र फुलमायाले काजक्रिया गर्न खोजेपनि छिमेकीहरुले तुलबहादुर जिवित हुन सक्ने भन्दै काजक्रिया गर्न रोकेका थिए ।मरिसकेको ठानेका श्रीमान २३ वर्षपछि अचानक घर फर्किदा फुलामयासहित घरपरिवारका अन्य सदस्यहरु पनि निक्कै खुशी भएका छन् । तुलबहादुरले भने आफूले भारतको बागमारा जिल्लाको कोइलाखानीमा काम गरेर बसेको र दुई तीन महिनाअघि त्यही कार्यरत ओखलढुंगाका आफन्तहरुको सहयोगमा घर फर्किन सफल भएको बताउनुभयो ।
लामो समयसम्म घर छाडेर बाहिर बसेकाले आफूले घर परिवारको बारेमा भुलेको भन्दै उहाँले कोइलाखानीमा काम गर्ने आफन्तले घर परिवारका बारेमा बताएपछि घर फर्किएको बताउनुभयो । तुल बहादुरका तीन छोरा र तीन छोरी छन् ।
![]() |
Category: News



0 comments