Home �
News
� छोरालाई पत्र लेखेर एनआरएन उपाध्यक्षद्वारा आत्महत्या
Unknown |
22:35 |
0
comments
छोरालाई पत्र लेखेर एनआरएन उपाध्यक्षद्वारा आत्महत्या
2014 1379 1 0 0३८१२ पटक

बैंकक । गैर आवासीय नेपाली संघ (एनआरएन) का थाइल्याण्ड उपाध्यक्ष दिलबहादुर थापा (हरी ) ले मंगलबार बिहान आफ्नै कार्यालयको सौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्याको कारणबारे अनुसन्धान भइरहेपनि उनले आत्महत्यअघि छोरालाई लेखेको पत्रमा उनले थाई श्रीमतीसँग कुरा नमिलेको उल्लेख गरेका छन् ।
दुई सन्तानका पिता थापाले ‘आफ्ना छोरालाई आफूले हिम्मत् हारेको तर तिमी हिम्मत नहार्नु, बहिनीलाई हेर बिचार गर्नु’ भन्ने पत्र लेखेको थाइल्याण्डमा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।
थाइल्यन्डमा फुड कारखाना चलाएका थापा त्यहाँको राम्रो व्यापारीको रुपमा गनिन्थे । उनी दुई कार्यकाल एनआरएन थाइल्यन्डको उपध्यक्ष समेत भइरहेका थिए ।
थापाले चियङमाईस्थित रोयल फ्लोरा नेपाली गार्डेन बनाउँदा देखि नै हरेक सामाजिक काममा अग्रस्थानमा रहेर भूमिका निर्वाह गर्ने गरेको तत्कालीन महासचिव सुनिल खड्काले स्मरण गरे ।
विदेशमा सधारण नेपालीले आत्माहत्या गरेको थुप्रै घटना पाइएपनि स्थापित ब्यापारीले आत्माहत्या गरेको सम्भवत पहिलो घट्ना हो । बाग्लुङमा जन्मिएका थापाले १५ वर्षअघि देखि थाइल्यान्डमा व्यवसाय गर्दै आएका थिए ।
Category:
News
0 comments