Hindi Films

अस्पताल बनाउन छुटयाएको पैसा राजनैतिक दलहरुले बाँडेर खाएपछि

Unknown | 00:05 | 0 comments

भदौ-२४, जाजरकोट ।
जाजरकोटको जिकुवामा अस्पताल बनाउन छुटयाएको पैसा राजनैतिक दलहरुले बाँडेर खाएको खुलासा भएको छ । स्वास्थ्य चौकी बनाउने पैसा निकासा भइसकेको भएपनि स्थानीय दलका नेताहरुले भागबण्डा गरेर पैसा खाइदिएको र निर्माण नै अन्यौलमा परेको स्थानीयको दाबी छ ।

ठिक ठाउमा स्वास्थ्य संस्था नहुदा यहाँका नागरिकहरु सरकारले निशुल्क भनेको औषधीहरु पनि निजी स्वास्थ्य संस्थामा जादा महगो पैसा तिरेर उपचार गर्न वाध्य छन । गाउँमा स्वास्थ्या चौकी नहुँदा निकै टाढा टाढा सम्म पुगेर उपचार गराउनु पर्ने पिडा भोगिरहेका त्यहाँका बासिन्दाले दिनहुँ यस्तो अवस्था खेपीरहनु परेको छ । हल्चौरबाट बच्चाको उपचारका लागी दल्ली आइपुगेकी जैमती नेपालीलाई दल्ली ईलाका स्वास्थ्य केन्द्रमा पुग्न दिनभर लाग्यो । उनी छोरा रविन्द्रलाई कान पाकेर उपचारका लागि दल्ली आएकी हुन् । दिनभरी हिड्दा पनि समयमा पुग्न नसक्दा अस्पताल वन्द हुने समय भईसकेको थियो । स्वास्थ्य संस्थामा वल्ल वल्ल पुगेकी जैमतीलाई निकै कर गरेपछि स्वस्थ्य कर्मीले कानमा हाल्ने औषधी दिए । घडी हेर्दा वेलुकाको चार वजिसकेको थियो । उनलाई घरवाट आउन ६ घण्टा लागेको थियो जान पनि त्यतिनै लाग्ने भएका कारण नेपाली अलमलमा परिन् । यो पिडा उनको मात्र होईन सिगो ५ वटा वडामा नागरिकहरुको रहेको छ । एटटै गाविस भित्र स्वास्थ्य संस्था आउन जान मात्र १२ घण्टा लाग्दा सामान्य उपचार पनि अधिकांश विरामीहरुले नपाउने यहा“को वाध्यता वनेको छ । वडा नं १ मा रहेको दल्ली स्वास्थ्य संस्थामा आउन वडा नं ५,६,७, ८ र ९ का स्थानियहरुलाई निकै समस्य परेको छ । यी ५ वटा वडाका महिलाहरु सुरक्षित रुपमा सुत्केरी कहिले पनि हुदैन्न । स्वास्थ्य संस्था आउन र जान धेरै टाठा भएका कारण जोखिम मोलेर असुरक्षित रुपमा सुत्केरी हुने गरेको खगेनकोट वडा नं ८ की जानकी खत्रीले बताए । भगवानको भरोसामा हामी महिलाहरु असुरक्षित सुत्केरी हुने गरेको खत्रीको भनाई रहेको छ । हात ,खुट्टा भाचिएपछि , दात फाल्नु परेमा , ज्वारो आउदा समेत १२ घण्टा हिडेर स्वास्थ्य संस्था जान र आउन लाग्ने भएका कारण अधिकांश विरामीहरु २ दिन हिडेर रुकुमको चौरजहारी मेसीन अस्पतालमा उपचार गराउन वाध्य भएको खगेनकोटका पुर्व गाविस अध्यक्ष हिरालाल खत्रीले बताए ।

विरामी भएपनि आफ्नै गाविस भित्र उपचारका लागी जान टाढा भएपछि सास्ती र एक्लै जान र आउन नसकिने विचमा वास वस्नु पर्ने समस्यले यहाँका ५ वटा वडाका नागरिकहरु वषौदेखी मारमा परेका छन । यहाका वालवालिकाहरुले खोप, भिटामिन समेत नियमित लिन नपाएको गुनासो शिक्षिका हेम कुमारी खत्रीले बताइन् ।

Category:

0 comments