Hindi Films

खुमबहादुरले भने, ‘कोठाभित्र सुशील कोइराला र रामचन्द्र पनि हिन्दुराष्ट्रको पक्षमा छन्’ धर्म निरपेक्षता सहितको संविधान जारी भए जलाउँछौ

Unknown | 09:21 | 0 comments

काठमाडौ, भदौ २७ – नेपाली काग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता सहितको संविधान जारी गरे भोली पल्टै राजधानीको शान्तिबाटीकामा जलाउने चेतावनी दिएका छन् । राजधानीमा अयोजित कार्यक्रमा उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्मनिरपेक्षता सहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन् । अब बस्ने नेपाली काँग्रेसका केन्द्रिय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिएका छन् । उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दु भएको मुलुकमा काग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनु पर्ने माग गरे । खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्धन्दमा फस्ने चेतावनी दिए । उनले काग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दावी गर्दै नेपाली काग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे । खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए । उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे । आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे काग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे ।

Category: ,

0 comments