Hindi Films

श्रीमान श्रीमती र तीनै छोरीमा एड्स भेटिएपछि

Unknown | 05:46 | 0 comments

बाँके जिल्लाको राप्तीपारि क्षेत्रमा पर्ने कालाफाँटामा एकै घरका चारजना एचआइभी एड्सबाट सङक्रमित भएको भेटिएको छ । कालाफाँटा–६ का एकै घरका श्रीमान्, श्रीमती र तीन छोरीसमेत एचआइभीबाट सङक्रमित भएका छन् । कुन्नु भन्ने चम्की खाँले भारतको मुम्बईमा गएका बेला एचआइभी लिएर आएको र श्रीमतीमा समेत सारेको प्रहरी चौकी नरैनापुरका इन्चार्ज मनोज मिश्रले जानकारी दिए । खाँकी श्रीमतीबाट जन्मेका सबै बच्चामा एचआइभी पोजेटिभ देखिएको छ । छोरीहरु ८, १० र १२ वर्षका रहेका छन् । इन्चार्ज मिश्रका अनुसार, कुन्नुलाई एचआइभी भएको थाहा भएपछि नेपालगन्ज भेरी अञ्चल अस्पताल पठाउँदा परिवारमा पनि एचआइभी देखिएको पत्ता लागेको हो । भारतसँग सिमाना जोडिएका कालाफाँटा, नरैनापुर, गङगापुर, लक्ष्मणपुरलगायतका गाउँमा एचआइभी सङक्रमितहरु धेरै रहेको इन्चार्ज मिश्रले बताए ।

Category:

0 comments