Hindi Films

भलिबल हेर्दा २ महिना जेलमा परिन यी सुन्दरी

Unknown | 06:54 | 0 comments

२६ भदौ, एजेन्सी । एक बेलायती युवतीले पुरुष खेलाडीहरुको भलीबल खेल हेरेवापत इरानमा २ महिना जेलमा विताउनु परेको छ । २५ वर्षीया गोनचेह घवामी गवामी नामकी ती युवतीलाई तेहरानको जेल पठाइएको हो । इरान र इटालीबीचको खेल हेर्न रंगशाला पुगेकी ती युवतीलाई प्रहरीले पक्राउ गर्‍यो र जेल पठाइयो । उनल् ४१ दिन जेलमा विताएपछि मुक्त भएकी छिन् । लण्डनमा कानून पढ्ने ती युवतीलाई शुरुमा गिरफ्तार गरेर छोडियो तर सामान लिन जाँदा पुनः पक्राउ गरेर जेल चलान गरियो । उनको गिरफ्तारीको विरोधमा चौतर्फी आवाज उठेपछि मात्र उनलाई मुक्त गरिएको हो । इरानमा रंगशालामा महिलालाई जान प्रतिबन्ध छ ।

Category:

0 comments