Hindi Films

तरकारी बेच्दा-बेच्दै उपन्यासकार बनिन् बीनिता

Unknown | 03:32 | 0 comments

नायिका वीनिता बराल अब उपन्यासकार समेत बनेकी छिन् । उनले कृषी सम्बन्धी एउटा उपन्यास लेखिरहेको जानकारी दिएकी छिन् । आज काठमाण्डौको मिडिया इन्टरनेशनलमा आयोजना भएको एक कार्यक्रममा वीनिताले यस्तो खुलासा गरेकी हुन् ।
उनले गोलभेँडा बेच्दा-बेच्दै आफू उपन्यास लेख्न अग्रसर भएको बताइन् । कृषी क्षेत्रमा धेरै समस्या भएपनि नेपालको प्रगती र विकास यसैमा रहेको उनको वुझाई छ । कहिले मल नपाइने, कहिले बजार नपाइने समस्याले आफूहरु प्रताढित भएको उनको भनाई छ । वीनिताले उपन्यासको नाम भने खुलाउन चाहिनन् । चलचित्र ‘चपली हाइट’मा सेक्सी यूवतीको भूमिका खेलेपछि चर्चामा आएकी वीनिता यसपछि भने असफल बनिन् । सिनेमामा असफलतासँगै उनले कृषी पेशामा सफलता खोजिरहेकी छिन् ।

Category:

0 comments