Hindi Films

मलेसियामा नेपालीद्धारा चक्कु प्रहारगरी आत्माहत्याको प्रयास

Unknown | 01:35 | 0 comments

प्रदिप राई/ भदौ-२१, क्वालालम्पुर । मलेसियामा आत्माहत्याको प्रयास गदै एक नेपालीले आफैले चक्कु हानेका छन । मलेसिया सेलेङ्गरको बातुकेभस्थित आफ्नै होस्टलमा नेपाल बिराटनगर घर भएका खेमराज कार्कीले शुक्रवार दिउँसो ३ बजे आफ्नो बाँया कोखामा चक्कु हानेका हुन । पारिवारिक तथा कम्पनीको तनावलाई लिएर २६ बर्षिय कार्कीले तरकारी काट्न प्रयोग गरिने चक्कुले मुटुलाई केन्द्रबिन्दु बनाई दुई ठाँउमा गहिरो तबरले चक्कु प्रहार गरेका छन । बर्बराउँदै होस्टलमा जथाभावी आफ्नै शरीरमा चक्कु हानीरहेको अवस्थामा साथीहरुले उनलाई रोकेका थिए । तत्कालै कम्पनीलाई जानकारी गराएपछि कम्पनीले सेलाङ्ग अस्पताल सेलेङ्गरमा भर्ना गरेका थिए । मानसिक स्थितीमा सुधार नआएसम्म कार्कीलाई सेलाङ्ग अस्पतालको मानसिक गृहमा एक महिनाको लागी राखिएको छ । उनको स्थिती ठिक भएपछि नेपाल पठाईदिने वा कम्पनीमै राख्ने भन्ने बिषयमा कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् । ईन्टरनेशनल रिक्रुमेण्ट मेनपावर बालकुमारीबाट १० महिना अघि क्यान जो क्यान फ्याक्टी« मलेसिया आएका खेमको मानसिक स्थिती खराब हुँदै आएको थियोे । आएदेखी नै कम्पनीले ओभर टाईम दिएपनी खेमले काम नगरेपछि कम्पनीले ओभरटाई कटाएका थिए । आफ्नो स्थिती बिग्रदै गएपछि कम्पनीलाई घर जान्छु भन्दा कम्पनीले लेबी तिर्नु पर्ने नभए एक बर्ष पुरा भएपछि मात्र नेपाल जान पाउने भने पछि उनले यस्तो हर्कत गरेको हुनसक्ने सोही कम्पनिमा कार्यरत पूर्व हलेसी एफ एम का समाचारदाता चिसाङ् सेर्पाले बताएका छन । बर्षदिन पुग्न लगभग २ महिनामात्र बाँकी रहँदा खेमले परिवारकै कारण आत्माहत्या गर्ने कोशिष गरेको अनुमान गरिएको छ । उनको एक छोरी र श्रीमती छन।

Category:

0 comments