Hindi Films

पत्रकार सम्मेलनमा स्वागत मन्तब्य दिएलगत्तै चालिसेको निधन

Unknown | 22:04 | 0 comments

सूचना विभागका निर्देशक चालिसेको निधन | | शुक्रबार 17 असोज, 2071 |
काठमाडौं, आश्विन १७ । सूचना विभागका निर्देशक श्याम चालिसेको हृदयघातका कारण निधन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार (हिजो) प्रधानमन्त्री सुशील कोइरालाले गरेको पत्रकार सम्मेलनमा स्वागत मन्तब्य दिएलगत्तै बेहोस भएका चालिसेको त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । पत्रकार सम्मेलनको क्रममा स्वागत मन्तब्य दिइरहँदा चालिसे निकै आत्तिएको र कामेको अवस्थामा देखिएका थिए । काठमाडौंको कपनमा बस्दै आएका ५७ वर्षीय चालिसेमा हिजो देखिनै छाती दुख्नेलगायतको समस्या देखिएको थियो ।

Category:

0 comments