Hindi Films

उज्यालो नेटवर्क रित्तियो,१० करोड पाए घरसहित नेटवर्क बेच्ने, २४ जना पत्रकारहरुले जागिर छोडे!!!!

Unknown | 15:57 | 0 comments

उज्यालो नेटवर्क रित्तियो,१० करोड पाए घरसहित नेटवर्क बेच्ने ललितपुर । देशैभरी चर्चित रेडियोको छवि बनाएको उज्यालो नाइन्टी नेटवर्क रित्तिएको छ । २ महिनादेखी सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग पूरा नगरी उनीहरुलाई बिदा गर्न उज्यालोको व्यवस्थापन तयार भएपछि त्यहाँ कार्यरत २४ जना पत्रकारहरुले एकै साथ जागिर छोडेका छन् । जागिर छाड्नेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल ,रोशन पुरी र दीपेन्द्र कुवँरसमेत रहेका छन् । न्यूनतम सेवा सुविधाको माग गरिरहेका कर्मचारीहरुको माग पुरा नगरीकन “गोल्डेन हेण्डसेक” मार्फत सबैलाई बिदा गर्न व्यवस्थापन तयार भएपछि २४ जना पत्रकारहरुले जागिर छोडेका हुन् । उज्यालो छोड्नेमा पत्रकार महासंघको प्रतिष्ठानका अध्यक्ष श्रीधर पौडेल, कमल पराजुली, लक्ष्मण कार्की, सूर्यकुमार क्षेत्री, बोमलाल गिरी,हिम विष्ट,सबिन मिश्र,बिनोद ढकाल,सुफल काफ्ले लगायत छन् । त्यस्तै समाचार प्रमुख सुनील न्यौपानेले पनि जागिर छोड्ने मनाशय बनाएका छन् । । अब उज्यालोमा एक्ला मिलन तिमिल्सिना र केही नयाँ कर्मचारीहरु मात्रै बचेका छन् । स्रोतका अनुसार पत्रकार महासंघको उज्यालो नेटवर्क प्रतिष्ठान र व्यवस्थापनकाबीचमा भएका आधा दर्जनबढी बैठकहरुमा व्यवस्थापन लचिलो नबनीकन कर्मचारी कटौतीको लागिमात्रै लागि परेको थियो । ीष्पभ ग्क यल ँबअभदययपव्यवस्थापनले माग पुरा नगरेपछि पत्रकारहरुले नै माग पूरा नगर्ने भए “गोल्डेन हेण्डसेक” सहित बिदा गर्न भनेपछि सहमतिमै २४ जनाले जागिर छाडेका हुन् । तर आन्दोलनको उद्देश्य जागिर छोड्नु नभई उज्यालोमै रहीरहनु भएपनि जबरजस्ती निकाल्ने प्रयास भएकाले गोल्डेन ह्याण्डसेकमा सहमति भएको हो । विश्वस्त सुत्रका अनुसार जागिर छोडेका पत्रकारहरुले काम गरेको अवधीको आधारमा आगामी दसैंको भत्तासहित पैसा पाउनेछन् । सामान्य हिसाब किताबमा जागिर छोडेकाहरुको हातमा घटीमा १ लाखदेखी बढीमा ९ लाख रुपैयाँ सम्म पर्ने देखिन्छ । यसैबीच, कर्मचारी कटौतीसंगै उज्यालो नेटवर्कले आफ्ना बुलेटिनहरु पनि घटाउदैछ । उज्यालोमा लगानी रहेका भीमसेन राजवाहक पनि उज्यालोबाट बाहिरिने भएपछि गोपाल गुरागाई एक्लै उज्यालो हाक्न कस्सिएका छन् । स्रोतका अनुसार गोपाल बाहेक उज्यालोमा मन्टेश्वरी राजभण्डारी सहित अन्य केहीको लगानी रहेको थियो । बितेका वर्षहरुमा कर्मचारीप्रति अत्यन्तै मिलनसार र सहयोगी पहिचान बनाएका गोपाल गुरागाईले अकस्मात सबै कर्मचारी निकाल्न तयार हुनुमा उनका भाई कृष्ण गुरागाईको उक्साहटले काम गरेको बताइन्छ । त्यसो त विभिन्न गैर सरकारी संस्थामार्फत प्राप्त पैसाका कारण ललितपुरमा आफ्नै भवन बनाउन सफल उज्यालो नाइन्टी नेटवर्ककै सञ्चालक नै स्वयं १० करोड पाए घरसहित नेटवर्क बेच्ने कुरा गर्दै हिड्न थालेका छन् । स्रोत -समाज खबर डटकम

Category:

0 comments