Hindi Films

बबरमहलमा भीषण सवारी दुर्घटना, ३ जनाको मृत्यु (भिडियोसहित)

Unknown | 07:59 | 0 comments

सोमबार 27 असोज, 2071 |
काठमाडौं, आश्विन २७ । राजधानीको बबरमहलमा सोमबार (आज) साँझ ठूलो सवारी दुर्घटना भएको छ । काठमाडौंबाट धुलीखेलतर्फ जाँदै गरेको बा१ख ८६७६ नम्बरको यात्रुबाहक बसले काठमाडौं जिल्ला अदालत अगाडि मोटरसाइकललाई ठक्कर दिँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइतेको वीर अस्पतालमा र अन्य केही घाइतेहरुको नागरिक अस्पताल मीनभवनमा उपचार भइरहेको जनाइएको छ । विपरित दिशाबाट आएको मोटरसाइकलले अचानक सडक पार गर्नेक्रममा बसले बचाउन खोज्दा नियन्त्रण गुमाइ पल्टिएसँगै चारओटा मोटरसाइकल किचिएका बताइएको छ । बा३प २३७६, बा६५प ३६९८, बा३७प ८६३९ र बा५६प ३५३८ नम्बरका चारओटा मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

Category:

0 comments