Hindi Films

दसैं मनाएर राजधानी फर्कनेको चहलपहल बढ्दै

Unknown | 04:38 | 0 comments

काठमाडौँ:बडादसैँ पर्वको अवसरमा सुनसान जस्तै बनेको काठमाडौँ उपत्यकामा चहलपहल सुरु भएको छ। आज बिहानैदेखि सवारी साधनको चहलपहल बढेको र टीका जमरा थाप्न जानेको भीड पनि बढेको महानगरीय ट्राफिक कन्ट्रोलले जानकारी दिएको छ । शुक्रबार विजयादशमी परेका कारण सुनसान जस्तै रहेको राजधानीमा आज हिजोभन्दा १० प्रतिशतभन्दा बढी सवारी साधन चलेका छन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढिरहेको छ । कम सवारी साधन चलेका कारण यात्रुले साविकभन्दा बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन्। यस्तै राजधानी भित्रिने प्रमुख नाका थानकोट, साँगा, बालाजु बाइपासबाट पनि हिजोभन्दा आज बढी सवारी साधन भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। साविकभन्दा बढी भाडा असुलउपर गर्ने सार्वजनिक सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिने जानकारी दिँदै ट्राफिक प्रहरीले अनधिकृत गतिविधि भए सूचना दिनसमेत आग्रह गरेको छ। दसैंको अवसरमा राजधानीमा कुनै अप्रिय दुर्घटना नभएको र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने पनि अन्य वर्षभन्दा निकै कम रहेको पाइएको छ।

Category:

0 comments