Hindi Films

ऋतिकको 'ब्याङ ब्याङ'ले एक दिनमै २८ करोड भारु कमायो

Unknown | 04:06 | 0 comments

बलिउड अभिनेता ऋतिक रोशनद्धारा अभिनित 'ब्याङ ब्याङ' बक्‍स अफिसमा पहिलो दिन नै धमक्‍का मच्‍चाइदिएको छ। बलिउडका अर्का दमदार अभिनेता शाहिद कपूरको 'हैदर'लाई पछार्दै 'ब्याङ ब्याङ'ले पहिलो दिनमै २७. ५७ करोड भारु कमाउदै धमक्‍का मचाएको हो। गान्धि जन्‍मजयन्ती (२ अक्‍टोबर) को अवसर पारेर प्रदर्शनमा आएको ऋतिकको 'ब्याङ ब्याङ' र शाहिदको 'हैदर' एकैसाथ प्रदर्शनमा आएको थियो। तर सोही दिन प्रदर्शनमा आएको शाहिद कपुरको ‘हैदर'ले भने पहिलो दिन ६.१४ करोड मात्र कमाउन सक्‍यो। पहिलो दिनमै २७.५७ करोड कमाउन सफल भएको ऋतिकको 'ब्याङ् ब्याङ'ले पहिलो दिनमा सर्वाधिक कमाउने टप-५ फिल्मको सुचीमा सुचिकृत भएको छ। यसअघि पहिलो दिनमा सर्वाधिक कमाउने उक्‍त सुचीमा 'धुम-३' (३६ करोड), 'चेन्‍नई एक्सप्रेस' (३३.१० करोड), 'एक था टाइगर' (३२.९२ करोड) र 'सिंघम रिटर्न्स' ३२ करोड) लगायत चलचित्रहरु परिसकेका छन्। योसँगै सन् २०१४ मा 'सिंघम रिटर्न्स'को ३२ करोड भारू कमाइ गर्ने चलचित्रपछि ऋतिकको 'ब्याङ ब्याङ' नै सर्बाधिक धेरै कमाउने दोस्रो बलिउड फिल्‍म भएको छ।
'ब्‍याङ ब्‍याङ'को कहानीमा कत्ति दम छ ? राजवीर (ऋतिकरोशन) दुनियाको सबैभन्‍दा मुल्‍यवान हिरा कोहिनूरको साथ फरार रहन्‍छ। यही कारणले सबै गुन्‍डाहरु उसको पछि लागिरहेका हुन्‍छन्। यही सिलसिलमा ऋतिकरोशनको भेट एक बैंकमा काम गर्ने हरलीन (कटरीना कैफ) सँग भेट हुन्छ। जानीनजानी उनीहरुबीच प्रेम हुन जान्‍छ। राजवीर (ऋतिकरोशन) र हरलीन कटरीना कैफको जोडीले धेरै सुन्द‍र अनि मनोरम दृश्‍यहरुलाई जन्‍माइदिएको हुन्‍छ। फिल्‍ममा कहिले शिमलामा देखाइएको हुन्‍छ त कहिले प्रागमा पुगेसकेको हुन्‍छ। यही क्रममा फिल्‍ममा बनाइएको छ। चाहे फिल्‍ममा ऋतिकलाई पानीबाट निक्‍लिएर फाइटिङ गर्दै गरेको होस वा एक्‍सन गर्दै गरेको देखाइएको भए पनि दर्शकलाई आकर्षण गर्ने खालको बनाइएको छ। फिल्‍ममा देखाइएको अचम्मको दृश्‍यहरु बनाउने श्रेय 'द अमेजिंग स्पाइडरमैन-2' को एक्शनको कोरियोग्राफर एंडी आर्मस्ट्रांगलाई दिइएको छ। कमाइको कुरा अहिले बलिउड चलचित्रहरुलाई एक किसिमको फेस्टिवल सीजन नै लागेको छ। प्राय धेरै महंगो गहंगो बजेटमा बलिउड चलचित्रहरु बन्‍ने गरेको छ। यही क्रममा ऋतिक रोशनद्धारा अभिनित 'ब्याङ ब्याङ' पनि एक महंगो बलिउड फिल्‍ममा पर्दछ। 'ब्याङ ब्याङ'को बजेट १ सय ४० करोडको रहेको छ। फिल्‍ममा विशेष गरी युवा जमातलाई नजिकबाट नियाल्‍ने गरी विषयवस्तु समावेश गरिएको छ, चाहे त्‍यो रोमान्‍स होस अथवा एक्‍सन नै किन नहोस । यी दुवैको अलावा यो फिल्‍मको गीतहरु पनि मन पराउन लायकका छन्। अहिले फिल्‍मको सिजन भएकोले पनि मानिसहरु प्राय खुसी रहन रोमान्‍स र एक्‍सन दुवै भएको फिल्‍म हेर्न चाहन्‍छन्। यही दुई कुरालाई 'ब्याङ ब्याङ'ले आफ्‍नो फिल्‍ममा देखाइदिएको छ। त्‍यसकारण 'ब्याङ ब्याङ' मा लगानी गरेको बजेटभन्‍दा माथि सय करोड भारु सजिलै उठाउने अनुमान गरिएको छ। तर 250 करोड़ उठाउनमा भने कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्‍छ। साभार : अन्न पूर्ण पोस्ट

Category:

0 comments